एक वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल (हेर्नुहोस् लाइभ)

समाधान संवाददाता २०७८ वैशाख ४ गते १३:१४

समाधान संवाददाता, पोखरा

आज नेपाली क्रिकेट टोलीले घरेलु मैदान त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्याण्डसविरुद्ध खेल्दैछ ।

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको उद्घाटन खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । दुवै टोली कोरोनाका कारण १ वर्षपछि मैदान फर्कदैं छन् ।

Advertisement

यसपटक नेपाली टिममा केही युवा खेलाडीहरू समावेश गरिएका छन् । शाहब आलम पहिलो पटक नेपाली टिममा परेका छन् ।

त्यसैगरी, आसिफ शेख र कुशल भुर्तेल पनि पहिलो पटक नेपालको टि–ट्वान्टीमा समावेश गरिएका खेलाडी हुन् ।

Advertisement

चोटका कारण लामो समय नखेलेका सोमपाल कामीले पनि यसै प्रतियोगिताबाट पुनरागमन गर्दैछन् ।

घरेलु टिम नेपाल र पाहुना टोली सन् २०१९ पछि पहिलो पटक भिड्न लागेका हुन् । पछिल्लो भिडन्तमा नेपाल विजयी भएको थियो ।

ओमानमा भएको टि–ट्वान्टी श्रृंखला दौरान नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको थियो ।

दुई टिम छ पटक टी–ट्वान्टीमा भिडेका छन् । जसमध्ये तीन पटक नेदरल्यान्ड्स विजयी बनेको छ । नेपालले दुई खेल जितेको छ । एक खेल भने वर्षका कारण नतिजा विहिन बनेको थियो ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार मलेसियाको सामना गर्नेछ । यस श्रृंखलामा सबै टिमले एक आपसविरुद्ध दुई–दुई पटक खेल्नेछन् । शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।

नेपाली टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।

डच टिमः पिटर सिलर (कप्तान), फिलिप बोइसभान, सेबस्टियन ब्राट, बेन कुपर, बास डे लिडे, युलियान डे मे, आर्यन दत्त, स्कट एडवार्डस, भिभियान किङमा, म्यामक्स ओ डोड, एन्टोनियस स्टाल, विक्रमजित सिंह र टोबयिास भिस्से ।

हेर्नुहोस् लाइभ

तपाईको प्रतिक्रिया