नेपालको लगातार दोस्रो जित
समाधान संवाददाता
२०७८ वैशाख ६ गते १५:५६

पोखरा ।
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।
११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.१ ओभरमै लक्ष्य भेट्टायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आशिफ शेखले ४२ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो ।
नेपालका लागि करन केसीले ३, सन्दिप लामिछानेले २, शाहब आलम, सोमपाल कामी, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया