पावरफूल पार्वती

समाधान संवाददाता २०७८ वैशाख ८ गते १७:१९

पार्वतीको यस्तो खेलाडी हुन्, जो कोरियन एम्बास्डर नेसनल तेक्वान्दो च्याम्पियनसिप (चौथोदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल आफ्नो नाममा लेखाउँदै आएकी छन्

समाधान संवाददाता, पोखरा

वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा उत्कृष्ट ३ मनोनयनमा परेकी पार्वती गुरुङ तेक्वान्दो खेलाडी हुन् ।

Advertisement

तेक्वान्दोको पुम्से विधाको ¥याङ्किङमा नेपालकै नम्बर १ पार्वती नेपाली प्रहरीमा आवद्ध छिन् ।

नेपालबाट एसियन गेम्समा कसैलाई पठाउनुप¥यो भने सर्वप्रथम उनकै नाम अग्रपंक्तिमा आउँछ । त्यसैले त पार्वतीलाई नेपालमा भएको १३ औं सागमा दोहोरो पदक दिलायो ।

Advertisement

साग इतिहासमै पहिलो पटक १३ औं संस्करणदेखि सहभागिता गराइएको पुम्सेअन्तर्गत २४–२९ वर्ष उमेर समूहमा उनले १ स्वर्ण (एकलतर्फ) र १ कास्य (जोडी पुम्सेतर्फ) पदक जितेकी हुन् ।

सागमा श्रीलंकन खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण जित्न सफल पार्वतीको यस्तो खेलाडी हुन्, जो कोरियन एम्बास्डर नेसनल तेक्वान्दो च्याम्पियनसिप (चौथोदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल आफ्नो नाममा लेखाउँदै आएकी छन् ।

यस अलावा आठौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत पनि उनकै नाममा छ । उनले एकल र जोडी पुम्सेतर्फ २ स्वर्ण र टिमतर्फ १ रजत जितेकी हुन् ।

लमजुङको दूधपोखरी गाउँपालिका ३, बेत्यानीकी पार्वती बाबु ओमलाल र आमा कुमारी गुरुङ दम्पतीका ३ छोरीमा उनी कान्छी हुन् ।

२ दिदीको विहेवारी भैसके पनि २५ वर्षीया पार्वती भने पहिले करियर बनाएपछि मात्र विहे गर्ने सोचमा छिन् ।

९ वर्षको उमेर छँदा चितवनमा उनले पहिलो प्रतियोगिता खेलेको स्मरण गरिन् । क्रमशः खेल्दै जाँदा राष्ट्रिय टिममा परेसँगै पछाडि फर्केर हेर्नुपरेको छैन ।

राखेप च्याम्पियनसीपमा रजत, प्रथम लुम्बिनी नेश्नल च्याम्पियनसीपमा गोल्ड मेडल विजेता पार्वती १८ औं एशियन गेम्स, जार्कातामा नेपालको तर्पmबाट खेलेकी थिइन् ।

थाइल्यान्डमा भएको सातौं तिराक ओपन तेक्वान्दो च्याम्पियनसीपमा गोल्ड मेडलधारी पार्वती दर्जनौं खेलकै सिलसिलामा इटाली, मलेसिया, भियतनाम, कोरिया लगायत देश पुगेकी छन् ।

चीनमा हुने एसियन गेम्सका लागि तयारीमा रहेको बताउने पार्वतीको एउटै लक्ष्य छ–ओलम्पिक सहभागिता ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।

सो विधामा पार्वतीसहित तेक्वान्दोकै प्रशंसा क्षेत्री र साइक्लिङकी जमुना थापा मनोनयनमा छन् । विजेताले २ लाख सहित अवार्ड प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया