गण्डकी सत्ता संकटः ४ दलमा किचलाे, जसपाले कांग्रेस–माओवादीसँग उधाराे सम्झाैता नगर्ने

समाधान संवाददाता २०७८ वैशाख १३ गते ६:५३

समाधान संवाददाता, पाेखरा ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकार विरुद्ध एक ठाउ उभिएका गण्डकी प्रदेश सभाका विपक्षी दलका नेताहरुबीच अझै पनि सहमति जुटन सेकेकाे छैन् ।

उनी विरुद्धकाे अविश्वासकाे प्रस्ताव आजै सभामा पेश हुदैछ । अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने ३ दल मध्येकाे जनता समाजवादी पार्टीले अविश्वासकाे प्रस्ताव टेबुल हुनु अगावै सत्ता र शक्ति बाँडफाँडमा लिखित सहमति हुनु पर्ने अडान राखेकाे छ ।

Advertisement

आइतबार बसेकाे ३ दलकाे सम्युक्त बैठकमा जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले यस्ताे माग राखेका हुन् । श्राेतका अनुसार उनकाे मागमा जसपा पार्टीकाे प्रदेश कमिटीकाे पनि सहमति छ ।

जसपा संसदीय दलका नेता हरिशरण आचार्यले ठूला दलले सत्तामा पुग्न साना दललाई भर्याङ्ग बनाउने र पछि हेप्ने गरेकाले अविश्वासकाे प्रस्ताव टेबुल हुनु र पास हुनु अघि नै लिखित सहमति खाेजेकाे बताएका छन् ।

Advertisement

उनले जनमाेर्चा पनि सरकारमा सहभागी हाेला भन्ने अपेक्षा आफूहरुले गरे पनि स्थिति त्यस्ताे नरहेकाले यस्ताे परिस्थिति सृजना भएकाे बताए ।

जनमाेर्चा बैठकमै सहभागी नहुने र जसपाले लिखित सम्झाैता खाेजेपछि गुरुङ सरकार हटाउन कस्सिएका कांग्रेस माअाेवादीलाई फेरि सशंकित बनाएकाे छ ।

तपाईको प्रतिक्रिया