खेमबिक्रम शाही बिरामी भएकाे स्वकीय सचिवकाे दावी, जनमाेर्चाले सांसद हराएकाे भन्दै दियाे निवेदन

समाधान संवाददाता २०७८ वैशाख १५ गते १६:५८

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेश सभाकाे बैठकमा नगएका जनमाेर्चाका सांसद खिमबिक्रम शाही अचानक बिरामी परेकाे उनका स्वकीय सचिव मिलन हमालले जानकारी दिएका छन् ।

हमालले आफ्नाे फेसबुकमा स्टाटस लेख्दै आज १२ बजे बाट माननीय सांसद बिरामी परेकाे भन्दै नआत्तिन शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

Advertisement

यसैबीच जनमाेर्चाले भने आफ्ना सांसद हराएकाे भन्दै खाेजी दिन संसद सचिवालयमा पत्र दर्ता गराएकाे छ ।

सभामुख नेत्रनाथ अधिकारीले साढे ४ बजेसम्मका लागि भन्दै स्थगित गरेकाे संसद अधिवेशन अहिलेसम्म सुचारु भएकाे छैन ।

Advertisement

तपाईको प्रतिक्रिया