मन्त्री बन्दै दीपक मनाङे, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी

समाधान संवाददाता २०७८ वैशाख १६ गते १६:०८

समाधान संवाददाता, पोखरा ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङलाई गण्डकी प्रदेश सरकारको मन्त्री बनाउने भएका छन् ।

मनाङबाट स्वतन्त्र उमेद्वार बनेर गण्डकी प्रदेश सभा सदस्यमा निर्बाचित राजीव गुरुङ, दीपक मनाङे उपनामले परिचित छन् ।

Advertisement

मुख्यमन्त्रीका सचिवालयका अनुसार आजै उनलाई सपथ ख्वाउने तयारी छ । मनाङलेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी दिइदैछ ।

आजै बसेकाे मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएकाे मन्त्रालय फुटाउने निर्णय गरेकाे थियाे ।

Advertisement

साेकाे जानकारी प्रदेश प्रमुखलाई दिइसकिएकाे र आजै साँढे ४ वा ५ बजे सपथ ख्वाउने तयारी भैसकेकाे सचिवालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया