ओली सरकारबाट माओवादीले फिर्ता लियो समर्थन

समाधान संवाददाता २०७८ वैशाख २२ गते १२:३४

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

Advertisement

समर्थन फिर्ता लिएको पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई बुझाएका छन्। योसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।

माओवादीको मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।

तपाईको प्रतिक्रिया