पोखरा ९ मा विवेकशील साझा

समाधान संवाददाता २०७८ वैशाख २३ गते ८:०५

समाधान संवाददाता, पोखरा

विवेकशील साझा पार्टीको पोखरा महानगर ९ मा वडा समिति घोषणा भएको छ । मंगलबार भएको भर्चुअल भेलाले वडा समिति संयोजकमा सूर्यभक्त सिग्देललाई चुनेको छ ।

मानवशास्त्रका शोधकर्ता सिग्देल त्रिवि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइका पूर्व सचिव तथा मातृभूमिका लागि नेपाल नामक अभियानको अभियन्तासमेत हुन् ।

Advertisement

मानवशास्त्र विषयमा झण्डै आधा दर्जन पुस्तक, स्थलगत अनुसन्धानत्मक रिपोर्ट, शैक्षिक जर्नलहरूमा अनुसन्धानात्मक आलेखहरु प्रकाशित गरिसकेका प्राध्यापक सिग्देल पोखराका प्राज्ञिक क्षेत्रमा चिरपरिचित नाम हो ।

विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठको संयोजकत्वमा आयोजित भेलाले २१ सदस्यीय वडासमिति गठन गरेको हो ।

Advertisement

समितिका सदस्यमा डिलकुमारी गुरुङ, गंगादेवी पौडेल, पूर्णबहादुर भुजेल, हरिबहादुर भुजेल, शोभा अधिकारी, सीता नेपाली, सानुमान जलारी, कृष्ण सिग्देल, महेशकुमार सिग्देल, ईन्द्रबहादुर खवास, तुलसीराम सुवेदी, गंगा सुवेदी, शिवराज सिग्देल, देवी सिग्देल, शान्ति जलारी, कीर्तिबहादुर जलारी, मीनबहादुर केसी, लीलामणि सिग्देल, कृष्णप्रसाद पोखरेल र शारदा सिग्देल छन् ।

कार्यक्रममा विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख निर्देश सिलवालले गण्डकी प्रदेशले नगर र जिल्ला तहको भौगोलिक समिति र प्रदेशभित्रका सबै केन्द्रीय सदस्यबीच सहकार्य र समन्वय गरी संगठन विस्तार गरिरहेको बताए ।

नवनिर्वाचित वडा संयोजक सिग्देलले विवेकशील साझा पार्टीले टेकेको लोकतन्त्रको जग र जमिनबाट विश्वस्त भएर पार्टीमा आवद्ध भएको बताए । पार्टीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीले डेलिभरीको राजनीतिका लागि अब विवेकशील साझा निर्विकल्प पार्टी रहेको दाबी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू दीपक पौडेल, अर्जुन खनाल र रजनी केसी, प्रदेश सदस्य तथा प्रदेश सचिवालय प्रमुख सुदीप ओझा, प्रदेश सदस्य तथा उद्यमशीलता विभाग प्रमुख दिनेशकुमार थापा, कास्की संयोजक फणीन्द्र अधिकारी, पोखरा महानगरका पूर्व संयोजक मनकाजी गुरुङ, जिल्ला सदस्य ईश्वर चालिसे, पोखरा महानगर सहसंयोजक बिपना कुँवर लगायतले कार्यक्रममा बोलेका थिए ।

तपाईको प्रतिक्रिया