स्थायी कमिटी बैठक लगत्तै ओली शितलनिबासमा

समाधान संवाददाता २०७८ वैशाख २३ गते १२:०३

समाधान संवाददाता, काठमाण्डाैं ।

नेकपा एमालेकाे आकस्मिक बैठक सकेलगत्तै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास गएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी गएका हुन् । यसअघि एमालेकाे स्थायी कमिटीकाे आकस्मिक बैठक बाेलाएका थिए ।

Advertisement

पार्टीलाई विश्वासमा लिएर अघि बढेकाे देखाउने गरी ओलीले आकस्मिक बैठक डाक्ने र लगत्तै शितलनिबास जाने गरेका छन् ।

स्थायी कमिटी बैठकमा भएकाे कुराकानीकाे औपचारिक जानकारी केही दिइएकाे छैन ।यद्यपि प्रवक्ता प्रदीप ज्ञवालीले ओेलीलाई विश्वासकाे मत दिलाउन सक्दाे प्रयास गर्ने निर्णय भएकाे छाेटाे प्रतिक्रिया दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया