गण्डकी प्रदेश सभा बैठक २७ गतेलाई बोलाइयो

समाधान संवाददाता २०७८ वैशाख २३ गते १७:०९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभाको बैठक २७ वैशाख बिहान ११ बजे बस्ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २७ गतेबाट बैठक बस्ने निर्णय गरेको हो ।

कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काका अनुसार कोभिड लागेका सांसदहरुलाई प्रदेश सभामा बस्ने छुट्टै स्थानको व्यवस्था गरिनेछ । उनीहरुले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्वास प्रस्तावको बाँकी प्रक्रिया अघि बढ्ने उनले बताए ।

Advertisement

प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमाव १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर मतदान नभइ बैठक अनिश्चितकालका लागि स्थगित भएपछि प्रदेश सभा बस्न सकेको छैन ।

प्रदेश सभाका ५ सांसद र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना देखिएको छ । मुख्यमन्त्री गुरुङले सदनमा जवाफ दिने कार्यसूची रहेपनि उनी कोरोना संक्रमित नै रहेकाले एक मन्त्रीलाई अख्तियारी दिएर बोल्न दिइने कार्यव्यवस्था परामर्श समिति सदस्य खड्काले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया