१९ सांसदलाई लाग्यो कोरोना

समाधान संवाददाता २०७८ वैशाख २५ गते १५:१७

काठमाडौँ

संघीय संसद्का १९ जना सांसदलाई कोभिड(१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक रहेको संसद् सचिवालयले जनाएको हो ।

संसद् भवन नयाँ बानेश्वरमा बैशाख २२,२३ र २४ गते गरिएको स्वाव संकलनपछि यो संक्रमण देखिएको छ । शनिबार दिउँसोसम्म १ हजार २३४ जनाको रिपोर्ट आएको छ ।

Advertisement

जसमा संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आइसीसीका कर्मचारी तथा अन्य रहेका छन् ।

संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, ससदीय मामिला पत्रकार लगायत १४१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको सचिवालयले जनाएको छ ।

Advertisement

२७ गते बस्ने प्रतिनिधि सभा बैठकको तयारी स्वरुप बिहीबारबाट यो परीक्षण थालिएको थियो । २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।

तपाईको प्रतिक्रिया