यस्ताे छ नेपालले ओलीलाई लेखेकाे ६ बुँदे चिठी, नमाने सामुहिक राजीनामा

समाधान संवाददाता २०७८ वैशाख २७ गते ७:१७

समाधान संवाददाता, काठमाण्डाैं र

नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाललले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम अल्टिमेटम भन्दै आज विहान ९ बजेसम्मकाे समय दिएका छन् ।

याे अवधिमा सहमति गर्न भन्दै एउटा ६ बुँदे पत्र पनि नेपालले ओलीलाई पठाएका छन् ।

Advertisement

त्याे पत्रमा उल्लेख भएका कुरा मानेमा एमालेकाे एकता जाेगिने, नत्र आफ्नाे पक्षका सांसदले सामुहिक राजीनामा दिने चेतावनी पनि नेपालले ओलीलाई दिएका छन् ।

ओेली समक्ष नेपालले राखेका ६ शर्त निम्न बमाेजिमका छन्ः

Advertisement

१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।

२) नवौँ राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।

३) पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।

४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप(प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।

५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।

६) उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने । हामीले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको एकताको रक्षा तथा देश, जनता र पार्टीको हितको लागि अगाडि सारेका उपयुक्त कुराहरुलाई गम्भीररुपमा ग्रहण गरी समस्याको समाधानको दिशामा अग्रसर हुन तपाई र तपाई निकट सबै नेता, कार्यकर्ता र सदस्यहरुलाई आव्हान गर्दछौं । हाम्रा उक्त जायज आवाजहरुलाई वेवास्ता गरियो भने तपाई पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ । त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ । यसको लागि पनि जिम्मेवार तपाई नै हुनुहुने छ।

तपाईको प्रतिक्रिया