कृष्णचन्द्रको पक्षमा हस्ताक्षर गर्न जनमोर्चा सचेतकको ह्विप, दलका नेता अनविज्ञ

समाधान संवाददाता, पोखरा
राष्ट्रिय जनमोर्चाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न ह्विप जारी गरेको छ । पार्टीकी सचेतक पियारी थापाले आज ह्विप जारी गरेकी हुन् ।
उनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाउन दाबी पत्रमा हस्ताक्षर गर्न ह्विप जारी गरेकी हुन् । तर पार्टी संसदीय दलका नेता कृष्ण थापाले भने यसमा अनविज्ञता प्रस्तुत गरे । उनले भने, ‘होला, अहिले म व्यस्त छु ।’
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि भोलिसम्म नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन् । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको मोर्चाले जनमोर्चाबिना बहुमत नपुग्ने भएकाले दाबी पत्र लिएर जान सकेका छैनन् ।

जनमोर्चामा अहिले सांसदहरुको दुई धार देखिन्छ । समानुपातिक सांसद पियारी थापा कांग्रेस नेतृत्वको मोर्चामा लचक देखिन्छिन् भने प्रत्यक्ष निर्वाचित कृष्ण थापा र खिमविक्रम शाही पृथ्वीसुब्बा प्रति नै नरम देखिन्छन् ।
प्रदेश सभामा जनमोर्चाले मत नदिने हो भने नयाँ सरकार गठन गर्न आवश्यक बहुमत पुग्दैन । त्यसपछि प्रदेश सभाको ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङनै दोहोरिने सम्भावना पनि छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया