कृष्णचन्द्रको पक्षमा हस्ताक्षर गर्न जनमोर्चा सचेतकको ह्विप, दलका नेता अनविज्ञ

समाधान संवाददाता २०७८ वैशाख २७ गते १७:०१

समाधान संवाददाता, पोखरा

राष्ट्रिय जनमोर्चाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न ह्विप जारी गरेको छ । पार्टीकी सचेतक पियारी थापाले आज ह्विप जारी गरेकी हुन् ।

उनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाउन दाबी पत्रमा हस्ताक्षर गर्न ह्विप जारी गरेकी हुन् । तर पार्टी संसदीय दलका नेता कृष्ण थापाले भने यसमा अनविज्ञता प्रस्तुत गरे । उनले भने, ‘होला, अहिले म व्यस्त छु ।’

Advertisement

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि भोलिसम्म नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन् । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको मोर्चाले जनमोर्चाबिना बहुमत नपुग्ने भएकाले दाबी पत्र लिएर जान सकेका छैनन् ।

Advertisement

जनमोर्चामा अहिले सांसदहरुको दुई धार देखिन्छ । समानुपातिक सांसद पियारी थापा कांग्रेस नेतृत्वको मोर्चामा लचक देखिन्छिन् भने प्रत्यक्ष निर्वाचित कृष्ण थापा र खिमविक्रम शाही पृथ्वीसुब्बा प्रति नै नरम देखिन्छन् ।

प्रदेश सभामा जनमोर्चाले मत नदिने हो भने नयाँ सरकार गठन गर्न आवश्यक बहुमत पुग्दैन । त्यसपछि प्रदेश सभाको ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङनै दोहोरिने सम्भावना पनि छ ।

तपाईको प्रतिक्रिया