गण्डकीमा बहुमतकाे सरकार बन्न सकेन, ठुलाे दल एमालेलाई सरकार गठन गर्न आब्हान

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशमा बहुमतकाे सरकार गठन गर्ने प्रतिपक्षी प्रयास असफल भएकाे छ ।
जनमाेर्चाका संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा ३१ जना सांसदकाे हस्ताक्षर पुर्याउन सकेनन् ।
उनकाे पक्षमा ३० जनाले हस्ताक्षर गरेकाे बताइएपनि थापाले हस्ताक्षर गर्न मानेनन् ।
आज ४ बजेसम्म हस्ताक्षर बुझाउनु पर्ने थियाे । तर थापा विहानै जन्मथलाे बाग्लुङ गएका हुन् ।
उनलाई कारवाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्याउने प्रयास गरिएकाे भएपनि उनलाई कारवाही गरेकाे पत्र प्रदेश प्रमुखकाेमा पुग्नु अगावै थापाले प्रदेश प्रमखुलाई पत्र लेखेर आफूमाथि गैरकानुनी कारवाही गरिएकाे बताएका थिए ।
अहिले ४ बजे बहुमतकाे सरकार गठन गर्ने समय सकिएकाले प्रदेश प्रमुखले ठुलाे दलकाे नाताले एमालेलाई सरकार गठन गर्न आव्हान गरेकी छन् ।
तपाईको प्रतिक्रिया