ओली र नेपालबीच भेटवार्ता

समाधान संवाददाता २०७८ वैशाख ३० गते १४:२२

समाधान संवाददाता

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

यसअघि बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसालमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

Advertisement

कारबाही फुकुवा गर्ने निर्णयसँगै अध्यक्ष ओली र नेपालबीच भेटवार्ता तय गरिएको हो । यसअघि बुधबार साँझ र बिहीबार बिहान स्थायी कमिटी बैठक चलिरहेका बेला पनि अध्यक्ष ओलीले नेता नेपालसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

नेकपा एमालेको नेपाल(खनाल समूहले आफ्ना ६ बुँदे माग पूरा गर्न अध्यक्ष केपी ओलीलाई तीन घण्टे अल्टिमेटम दिएको छ ।

Advertisement

नेपाल समूहको आकस्मिक स्थायी कमिटीको बैठकले अध्यक्षद ओलीलाई माग पूरा गर्न अपरान्ह चार बजेसम्मको अल्टिमेटम दिएको नेता भीम रावलले जानकारी दिए । माग पूरा नभए सांसदहरूले राजीनामा दिने उनको दाबी छ ।

तपाईको प्रतिक्रिया