जसपा संसदीय दल नेतामा महतो

समाधान संवाददाता २०७८ वैशाख ३१ गते २०:०७

समाधान संवाददाता, काठमाडौं

जनता समाजवादी पार्टी जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘ २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं,’ उनले भने’, भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’

Advertisement

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

Advertisement

तपाईको प्रतिक्रिया