बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

समाधान संवाददाता २०७८ जेठ ३ गते ८:३७

काठमाडौँ ।

बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिगको उपाधि हात पारेको छ ।

आइतबार राति चेल्सीलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

Advertisement

बार्सिलोनाले चेल्सीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो । त्यसपछि एलेक्सिया पुटेलस, एटाना बोनमती र कारोलिनी ग्राहम हेनसेनले गोल गरे ।

Advertisement

तपाईको प्रतिक्रिया