अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे आयकर विवरण सार्वजनिक

समाधान संवाददाता २०७८ जेठ ४ गते ८:५१

एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो आयकर सम्बन्धी विवरण सार्वजनिक गरेका छन्।

बाइडेनले अमेरिकी राष्ट्रपतिको परम्पराका रुपमा रहेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन पुनः स्थापित गरेको ह्वाइट हाउसले जनाएको छ ।

Advertisement

सार्वजनिक गरिएको विवरण अनुसार गएको वर्ष राष्ट्रपति बाइडेनले र प्रथम महिला डा। जिल बाइडेनले ६ लाख सात हजार ३३६ डलर आय गरेको र एक लाख ५७ हजार ४१४ डलर आयकर तिरेको उल्लेख छ ।

त्यो भन्दा अघिल्लो वर्ष ९सन् २०१९० उनीहरुको आय ९ लाख ८५ हजार २२३ थियो । अधिकांश रुपमा भाषण, पुस्तक बिक्री तथा उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुमा रहेको पदबाट आय भएको देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया