मन्त्री बन्ने सबैलाई खबर पुग्याेः लम्साल पर्वतबाट आउदै, मनाङेले आज नभ्याउने

समाधान संवाददाता २०७८ जेठ ५ गते ११:४६

समाधान संवाददाता, पाेखरा ।

मुख्यमन्त्री कार्यालयबाट मन्त्रीकाे सपथ खाने निम्ताे पाएका सांसदहरु सपथ खान जाने तयारीमा छन् । उनीहरुलाई सथप ग्रहणभन्दा अघि मुख्यमन्त्रीकाे निवासमा बाेलाइएकाे छ ।

आज सपथ सांसदहरु मध्ये २ जना पाेखरा बाहिर छन् । सांसद विकास लम्साल गृह जिल्ला पवर्त छन् भने अर्का सांसद राजीव गुरुङ काठमाण्डाैंमा छन् ।

Advertisement

पर्वत भएका सांसद लम्साल पाेखरा हिडिसकेकाे श्राेतले बतायाे भने काठमाण्डाैंमा रहेका सांसद मनाङेले आज सपथ ग्रहण गर्न नभ्याउने जानकारी मुख्यमन्त्रीलाई गराइसकेका छन् ।

मनाङमा काेराेनाकाे संक्रमण बढ्न थालेकाे र जिल्लामा अक्सिजनकाे अभाव भएकाले सिलिण्डर व्यवस्थापनका लागि काठमाण्डाैं गएकाे मनाङेले मुख्यमन्त्रीलाई जानकारी गराएका छन् ।

Advertisement

मन्त्री बन्न गैरहेका अन्या सांसद किरण गुरुङ. रामशरण बस्नेत र नरदेवी पुन भने पाेखरा मै छन् ।

तपाईको प्रतिक्रिया