गण्डकीका मन्त्रीहरुकाे सपथ ग्रहण ३ बजे
समाधान संवाददाता
२०७८ जेठ ५ गते १३:४४

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आजै ३ बजे पद तथा गाेपनीयताकाे सपथ खाँदैछन् ।
प्रदेश प्रमुख सिता कुमारी पाैडेलकाे निबासमा दिउसाे ३ बजेका लागि सपथ ग्रहण समाराेहकाे तयारी गरिएकाे छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै मन्त्रिपरिषद् बिस्तार गरेर ६ सदस्यीय बनाएका छन् । पुराना मन्त्रीहरुलाई पुरानै जिम्मेवारी दिएर सपथ ख्वाउने तयारी छ ।
अर्थमन्त्रीमा किरण गुरुङ, भाैतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङले नियुक्ति पाएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया