मन्त्रीहरुको शपथमा सभामुख अनुपस्थित

समाधान संवाददाता, पोखरा
सभामुख नेत्रनाथ अधिकारी गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथमा अनुपस्थित बनेका छन् । सामान्यतः मन्त्रीहरुको शपथमा सभामुख, विपक्षी दलका नेताको उपस्थिति हुने परम्परा छ । उनीहरुलाई शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयबाट निम्तो दिइन्छ ।
तर गण्डकी प्रदेशमा दोस्रो पटक मन्त्रालय विस्तारमा भने सभामुख र विपक्षी दलका नेताले अनुपस्थिति जनाएका हुन् ।
केन्द्रमा पनि अग्नि सापकोटाले प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् विस्तार गर्दा शपथको कार्यक्रमलाई अवज्ञा गरेका थिए । सापकोटाकै सिको गर्दै सभामुख अधिकारीले पनि गण्डकीमा मन्त्रीहरुको शपथको कार्यक्रममा नआएका हुन् ।
यसअघि पहिलो सरकारका बेला मन्त्री बनेका दिपक मनाङेको शपथमा पनि उनी आएका थिएनन् । तर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुँदा भने उनी शपथमा पुगेका थिए ।
सभामुख अधिकारीलाई सत्तारुढ एमाले सांसदहरुले पार्टी कार्यकर्ताको भूमिकामा बसेर काम गरेको आरोप लगाउँदै आएका छन् । यसअघि प्रदेश सभामा पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने दिन विपक्षी सांसद अनुपस्थित हुँदा सभामुखले हठातमा बैठक स्थगित गरेपछि मुख्यमन्त्री स्वयंले पनि राजीनामा मागिनुपर्ने बताएका थिए ।
एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी सभामुखले संविधान अनुसार चल्नुपर्ने र पार्टी कार्यकर्ता बन्न नहुने बताउँछन् । सभामुख भइसकेपछि पार्टीको निर्देशन भन्दा पनि संविधानले दिने बाटो अनुसार सभामुख चल्नुपर्ने उनले बताए ।
‘केन्द्रमा पनि सभामुखले पार्टीको निर्देशन मानेर नजानु भएको होला, यहाँ पनि पार्टीकै निर्देशनमा नजानु भएको होला,’ अधिकारीले भने, ‘सभामुख भइसकेपछि त संविधान मान्नुप¥यो नि, पार्टीको निर्देशन होइन ।’
आज गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले पहिलाको सरकारमा एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्याएका छन् । यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ ९अर्थ मन्त्रालय०, रामशरण बस्नेत ९भौतिक पूर्वाधार०, नरदेवी पुन ९सामाजिक विकास० र विकास लम्साललाई ९उद्योग, पर्यटन वन तथा वातावरण० नै मुख्यमन्त्रीले निरन्तरता दिएका छन् । स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिएका छन् ।
अहिले किरण गुरुङलाई अर्थ मन्त्रालय र मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मा दिइएको छ । बाँकी मन्त्री भने अहिलेलाई विना विभागिय मन्त्री तोकिएको र उनीहरुको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री स्रोतले बतायो ।
मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारबारे सोमबार आफ्ना विश्वास पात्रहरूसँग छलफल गरेका थिए । कोभिड संक्रमित भएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्रीले सोमबार रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारीसँग भेटेका थिए ।
प्रदेशमा मुख्यमन्त्रीले १ सांसदलाई मन्त्री नियुक्त गरेर विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्नसक्ने चर्चा पनि थियो । बैशाख २९ गते गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिएका थिए ।
तपाईको प्रतिक्रिया