अब गण्डकी प्रदेशमा ११ मन्त्रालय हुने, ३ मन्त्रालय फुटाइदै

समाधान संवाददाता २०७८ जेठ ५ गते १७:२८

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेश सरकारमा मन्त्रालयकाे संख्या ११ बनाइने भएकाे छ । अहिले ८ मन्त्रालय छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय फुटाएर संख्या बढाउन लागेकैले विहीबार नियुक्त भएका मन्त्रीहरु मध्ये ३ जनाले मन्त्रालयकाे जिम्मेवारी नपाएका हुन् ।

Advertisement

सुरुमा ७ वटा मन्त्रालय रहेकाे प्रदेश सरकारमा मुख्यमन्त्रीले राजीनामा दिनु अघि सामाजिक विकास मन्त्रालय अन्तरगत रहेकेा युवा तथा खेलकुद मन्त्रालयलाई छुट्टै बनाएका थिए ।

मुख्यमन्त्री गुरुङले अब हालकाे भाैतिक मन्त्रालय, उद्याेग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास मन्त्रालय विभाजन गरेर ३ मन्त्रालय थप्दैछन् ।

Advertisement

धेरै मन्त्रालय एकै ठाउमा भएर गज्याङगुजुङ भाे, काम गर्न अप्ठेराे पर्याे, त्यसैले प्रभावकारी ढंगले काम गर्नका लागि मन्त्रालय फुटाउनु परेकाे हाे– मुख्यमन्त्री गुरुङले समाधानसँग भने ।

संविधानले प्रदेश सभामा रहेकाे सांसदकाे २० प्रतिशतसम्मला्ई मन्त्री बनाउन सक्ने व्यवस्था गरेकाे छ । जस अनुसार गण्डकी प्रदेशमा १२ वटा सम्म मन्त्रालय बनाउने कानुनी व्यवस्था छ ।

३ मन्त्रालय फुटाएपछि गण्डकी प्रदेशमा निम्न मन्त्रालय रहने भएका छन् ।

१– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय

२‍– आर्थिक मामिला तथा याेजना मन्त्रालय

३– आन्तरिक मामिला तथा कानून मन्त्रालय

४– भाैतिक पूर्वाधार, शहरी तथा यातायात विकास मन्त्रालय

५‍– कृषि मन्त्रालय

६– समाजिक विकास मन्त्रालय

७– जलश्राेत, सिँचाई तथा खानेपानी मन्त्रालय

८– पर्यटन, उद्याेग तथा बाणिज्य मन्त्रालय

९–वन तथा वातावरण मन्त्रालय

१०– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

११–युवा तथा खेलकुद मन्त्रालय ।

तपाईको प्रतिक्रिया