कांग्रेसकाे आकस्मिक बैठक ९ बजेदेखि

समाधान संवाददाता २०७८ जेठ ७ गते ६:५९

समाधान संवाददाता, काठमाण्डाैं ।

प्रखुम प्रतिपक्षी दल नेपाली कांग्रेसले विकसित पछिल्लाे राजनैतिक घटनाबारे छलफल गर्न आकस्मिक बैठककाे आयाेजना गरेकाे छ । आकस्मिक बैठकका लागिका पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई आमन्त्रण गरिएकाे छ ।

सभापित शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा विहान ९ बजेका लागि बैठक बाेलाएकाे पार्टी कार्यालय सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिएका छन् ।

Advertisement

राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको कांग्रेस धारणा हिजै सार्वजिनक भएकाे हाे । यसै सन्दर्भमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्न देउवाले बैठक आयाेजना गरेका हुन् ।

राष्ट्रपतिले दिएकाे समयसिमा अनुसार आज साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्ने माैका पनि दलहरुलाई छ । यसका लागि राष्ट्रपति समक्ष बहुमत पुग्ने आधार प्रस्तुत गर्नु पर्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया