अदालतले संसद पुनर्स्थापना गर्ने प्रचण्डको विश्वास

समाधान संवाददाता २०७८ जेठ ८ गते १४:१६

समाधान संवाददाता, काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्ध अदालत जाने र अदालत पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सरकारले गरेको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने जानकारी उनले दिए ।

‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौं,’ विपक्षी गठबन्धनको वैठकपछि शनिबार प्रचण्डले पत्रकारसँग भने, ‘हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वोच्च जान्छौं ।’

Advertisement


अघिल्लोपटक संसद विघटनविरुद्ध अदालत र सडकबाट प्रतिवाद गरिएको भन्दै यसपालि पनि त्यसै गरिने उनले बताए । ‘अदालतले अन्ततः फेरि एकपटक लोकतन्त्र र संविधानको पक्षमा फैसला गर्दै संसद पुनःस्थापना गर्नेछ । त्यो पहिलो एपिसोडमै देखिएको हो,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया