प्रतिपक्ष हुन तयार छौं तर दोषीहरु दण्डित हुनै पर्दछ

समाधान संवाददाता २०७८ जेठ ९ गते २०:१०

झपट रानाभाट

“जन्मभूमिको उत्थानका लागि हाँसीहाँसी सहिद हुन आशीर्वाद दिनुहोस् बा” यो भनाइ निरङ्कुश ,तानाशाही ,जहानिया राणा शासनका विरुद्धमा लागेका महान  सहिद गङ्गालालको हो।     वि.सं. १९७५ सालमा रामेछापको भँगेरीमा जन्मनुभएका गंगालाल श्रेष्ठले १९९४ मा दरबार हाईस्कूलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरि त्रिचन्द्र क्याम्पसमा आईएस्सी अध्ययन गर्नुभएको थियो ।    कलाकारितामा निकै रुचि राख्ने गंगालाल राण विरोधी संस्था महावीरका कार्यकर्ता समेत हुनुहुन्थ्यो । महावीर संस्थाले राणा शासन विरुद्ध जनचेतना जगाउन राणाविरोधी प्रवचन र क्रियाकलापहरू गर्थ्यो ।१९९५ सालमा काठमाडौंको असन र ईन्द्रचोकमा राणा विरोधी सभाहरुको आयोजना भएको थियो ।

त्यही सभामा भाषणा गरेबापत उहाँलाई समेत प्रकाउ गरिएको थियो तर पछि उहाँ छुट्नुभयो । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिई उहाँ राणा शासन विरोधी गतिविधिमा पनि सक्रिय सहभागी हुनुभयो ।राणा विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उहाँलाई १९९७ साल कात्तिक २ गते पक्राउ गरियो । त्यही वर्ष माघ १५ गते दशरथ चन्दसँगै केन्द्रीय कारागारबाट उहाँलाई लगेर बिष्णुमतीको बगरमा रहेको शोभाभगवतीमा गोली हानी हत्या गरियो ।  

Advertisement

 यो बिम्ब नेपाली राजनीतिकर्मीहरु,दलका सबै नेताकार्यकर्ता र सच्चा देशभक्तहरुका लागि मैले अगाडि सार्ने जमर्को गरेको हो। देशमै आफूलाई भयङ्करको क्रान्तिकारी ,अग्रगामी ठान्ने अभौतिकबादी,अभूतबादी,जडसूत्रबादीहरुले ,नक्कली राष्ट्रबादी,मबादी चिन्तनले ग्रस्तहरुले बुझ्नु जरुरी छ किन कि,वर्तमान र बिगत एक-अर्काका पूरक हुन् ,बिगतको जगमा वर्तमान अडिएको हुन्छ।गंगालाललाई फाँसी दिइएको अघिल्लो दिन    राणा शासनको अन्त्य र नागरिक सर्वोच्चता प्राप्तिका लागि जीवन आहुति दिने महान् सहिदहरुमध्ये युवा गङ्गालाल श्रेष्ठको बलिदानी आममानिसका लागि अझ प्रेरणादायी छ । १९९७ साल माघ १४ गतेका दिन सेन्ट्रल जेलको गेटबाहिर गङ्गालालका बाबु भक्तलाल श्रेष्ठलगायत उनका भाइ–बहिनीहरुलाई बोलाइएको थियो ।   

मुत्युदण्ड दिनुअघि ३ः३० बजे परिवारका सदस्यको छेवैमा आएर गङ्गालालले मुस्कुराउँदै सबैतिर हेरेर सम्झाउँदै भन्नुभएको थियो– “जन्मिएपछि मृत्यु निश्चित छ । मैले अत्याचारीसँग माफी मागेँ भने भोलि तपाईंंहरुले पनि धिक्कार्नुहुनेछ ।” उहाँले आफ्नो पिता भक्तलाललाई ढोग्दै भन्नुभएको थियो– “बा, तपाईंं गीताका ज्ञाताले मेरो नाशवान् शरीरको नाश हुँदै गर्दा शोक गर्न सुहाउँदैन । जन्मभूमिको उत्थानका लागि हाँसीहाँसी सहिद हुन आशीर्वाद दिनुहोस् ।” त्यसपछि माइला भाइ पुष्पलाल श्रेष्ठलाई सम्बोधन गर्दै भन्नुभयो– “माइला, यस जन्मभूमिमा प्रजातन्त्रका लागि हामीले बालेर गएको दियोलाई तिमीले कहिल्यै निभ्न नदिनू, यसलाई नेपालका कुनाकुनामा पुर्याउनू ।” 

Advertisement

हामी पुष्पलाल ,मदनभण्डारी र क. मनमोहन अधिकारी लगायतका अग्रजहरुका महत्त्वपूर्ण सिद्धान्त ,बिचार,आदर्श र मूल्य मान्यताबाट दिक्षित,प्रज्वलित र प्रशिक्षित कार्यकर्ताहरु हौं । लोकतान्त्रिक ब्यवस्थाको सबैभन्दा सुन्दर पक्ष आवधिक निर्वाचन हो,बिजेता र उपविजेता हुनु दोश्रो कुरा हो। देश र जनता मुख्य हुन् । अनिर्णयको बन्दी बनाएर कोमामा जस्तै देश र जनतालाई राख्न खोज्नु लोकतान्त्रिक शासन ब्यवस्थाको उल्टो हो ,जनतानै शक्तिका मुख्य स्रोत हुन् ,जनसमुदायको शक्तिभन्दा माथि कोही हुनै सक्दैन । जनताको निर्णय र शक्तिलाई शिरोपर गर्न नसक्नेहरु,जनताबाट बारम्बार परीक्षण हुन नचाहनेहरु जतिसुकै लोकतन्त्रको दूहाइ दिएता ,आफूलाई लोकतान्त्रिक शासन ब्यवस्थाको मसिहा ठाने पनि लोकतान्त्रिक शासन प्रणालीका सच्चा हिमायती हुन सक्दैनन् ।   

त्यस्तै बारम्बार टेस्टेड र फेलियर अनि म्याद गुज्रिएको औषधि जस्ताहरुलाई प्रतीकात्मक रूपमा  जननेता क. मदन भण्डारी भन्नुहुन्छ -” कोईबात छैन,यदि महान् जनताले हामीलाई मन पराएर कुर्सीमा आसिन गराए भने हामी त्यहाँ बसेर देश र जनताको निमित्त सेवा गर्ने छौं। यदि जनताबाट हामीलाई त्यो हैसियत प्राप्त भएन भने कुर्सीबाट तलतिर  गजरामा बसेर,चटाईमा बसेर, धूलोमा बसेर निरन्तर देश र जनताको सेवा गरिरहने छौं ।”   क. माधब नेपालसित चार विकल्प थिए,पार्टी भित्रै पद्धति सङ्गत संघर्ष गर्ने,पार्टी बिभाजनमा भाग लिने,नयाँ पार्टी खोलेर माओवादी केन्द्रसित एकता गर्ने। तर,वहाँले यी कुनै बिकल्प रोज्नु भएन बरु पार्टी भित्रै रहेको कृत्रिम नाटक गरी अन्तरघात गर्ने,फ्लोर क्रस गरी पार्टी माथि अपराध गरी पार्टी धुजाधुजा पार्ने,वर्ग समन्वय गर्ने,जनमतको चिरहरण गरी राष्ट्र र जनसमुदाय माथि हठात बलात्कार गर्ने घटिया राजनीति गर्न निरन्तर उद्दत रहनुभो।

वहाँकै कारणले प्रतिनिधि सभा विघटन भयो,फ्लोर क्रस गर्ने कामलाई संसदीय शासन प्रणालीमा घोर दण्डनीय अपराध मानिन्छ। वहाँ त क. रामबहादुर थापा ,लेखराज भट्ट र टोपबहादुर रायमाझीसित तुलना हुनै सुहाउनु हुन्न,वहाँहरुले मत जाहेर गरेको भए अघिल्लो पटक नै आफ्नो अध्यक्षले नेतृत्व गरेको पार्टीको सरकार जोगिन्थ्यो,समयमै राजीनामा दिएको भए नयाँ सरकार बन्थ्यो। तन एमालेतिर राखेर मन प्रचण्डतिर राखेर वहाँ कहीं पुग्न सक्नुहुन्न।  क. माध्वले उचाल्न खोज्नुभएको जसपा माधवको च्याखे दाउतिर १२ मा झर्‍यो।यसरी राजनीतिलाई माधव नेपालले जूवामा राख्दा राजनीति अनिर्णयको बन्दी भयो,प्रतिनिधि सभाको असामयिक चिरहरण माधव नेपालकै कारण भयो। पहिलोपटक कम्युनिस्ट पार्टीका तर्फबाट निर्वाचित सबै पूर्व प्रधानमन्त्रीहरुमा ईर्ष्या,द्वेष ,आग्रह ,पूर्वाग्रह र अधैर्यताका कारण प्रतिनिधि सभा विघटन भयो।

पछिल्लोपटक माधव नेपालमा भएको प्रचुर कुण्ठा,रिस,आरिसाई,सङ्कीर्णता,क्रोध र मबादी चिन्तनको कारण प्रतिनिधि सभा भङ्ग भयो,पार्टी भित्र बहुमत जुटाएर निकास नदिने अनि फ्लोर क्रसको घृणित अभ्यासलाई मलजल गरेर छ्याप्छ्याप्ति अस्थिरता सृजना गर्ने र मुलुकलाई दल-दलमा फसाउने  कामको पतित कसरत गरी  राष्ट्र र जनतालाई दर्दतिर जबर्जस्ति पुर्‍याउने कामको खलपात्र माधब नेपाल हुन् । ओली र देउवा जसलाई प्रधानमन्त्री नियुक्ति गरे पनि बिश्वासको मत पाउने कुनै वस्तुगत आधार थिएन ।

माधबकुमार नेपालको अकर्मण्यताका कारण प्रतिनिधि सभाको विघटन अवश्यम्भावी थियो। एकल रूपमा क.ओलीलाई  दोषी करार गरेर किन्चित सही निष्कर्षमा पुग्न सकिन्थेन,सकिँदैन पनि । एकातिर एमालेमै बस्छु भन्ने ,सहमतिका लागि कार्यदल गठन गर्ने अनि अर्कोतर्फ विपक्षी पार्टीलाई सहयोग गर्ने द्वेध चरित्रले प्रतिनिधि सभा गयो। युद्दबिराम पनि गर्ने ,आक्रमण गर्न पनि नछाड्ने माधव नेपाल कमरेडको चरित्रले सर्वनाश भयो। पार्टी भित्रको अन्तरसङ्घर्ष अर्थात दुई लाईनको संघर्ष ,भन्नाले फ्लोर क्रस गरी विपक्षीलाई मतदान गर्नू हुन सक्दैन ।   अब अझै पनि सर्वोच्चले अन्यथा भनेको अवस्थामा बाहेक हुने चुनावमा काङ्ग्रेसले आरामदायी बहुमत प्राप्त गर्न सक्छ भलै अहिले छाउरा सङ्गठन लगाएर घोषणा भएको अर्ली ईलेक्सनको खिलाप निकै अशिष्ट,अबान्छित,असास्कृतिक,अमर्यादित ,छुब्द ,निकृष्ट,अश्लील भाषा र शैलीको प्रयोग गर्दै अराजनीतिक तवरले बिरोधका विभिन्न रुपको नौटङ्की नै किन नगरोस् ! लोकतान्त्रिक शासन ब्यवस्थामा बिजेता र उपविजेता हुनु स्वाभाविकै हो,जनसमुदायले अनुमोदन गरे शासनको बागडोर सम्हाल्ने अनि राष्ट्र र जनहीतका कामहरू गर्ने हो,जनसमुदायले अनुमोदित गरेनन् भने कुर्सीबाट झरेर भूइमा बसेर,गजारमा बसेर वा धूलोमा बसेर पनि निरन्तर हामी क. केपी ओलीको नेतृत्वमा निरन्तर जनहीतका कामहरु गरिरहने छौं । नेकपा एमालेलाई जतिसुकै …. को हातमा नरिबलको आरोप लगाए पनि काङ्ग्रेस स्वयंको सर्वसत्तावादी रबैया,काङ्ग्रेस नै भित्रको सत्ताको छिनाझपटी,लुछाचुडी २००७ सालदेखिनै हामीले इतिहास पढेकै छौं ।

२०४८ सालकोआमनिर्वाचनमा ११० सिटको बहुमत प्राप्त गरी ७४ रे र ३६ से भएको देशले बेहोरेकै हो,नेपाली राजनीतिका भिष्मपितामह ,सर्वोच्च नेतालाई काङ्ग्रेस छोड्न बाध्य बनाएको पनि हामीले राम्रोसँग बेहोरेका हौं ,किसुन जी जस्तो सन्त नेताले शासनको बागडोर सम्हाल्दा काङ्ग्रेसको आन्तरिक कलहले के भो?२०५६ सालदेखि २०५९ सालसम्म काङ्ग्रेसका नेता शेरबहादुर देउवाको गलत रबैयाका कारण शासन ब्यवस्थाको हालत के भयो?०६२/६३ को महान शक्तिशाली जनआन्दोलन किन त्यतिबेलै सशक्त ढ्ङ्गले सन्चालन हुनु पर्‍यो,अनि आफ्नो शुरुवाती दिनदेखिको आफ्नो अनुहार ,अभ्यास ,रबैयाको ऎना नहेरी काङ्ग्रेस अहिले दुई हात उफ्री नेकपा एमालेको मूल नेतृत्वलाई लोकतन्त्रको पाठ सिकाउन खोज्छ,जसको अक्षमता र अयोग्यताका कारण बारबार नेपालमा लोकतन्त्रको चिरहरण भएको छ,जुन पार्टी भित्रको  आन्तरिक लोकतान्त्रिकरणमै ठूल्ठूला समस्या छन् ,उसैले एमालेको मूल नेतृत्वको सामु लोकतन्त्रको दूहाइ दिन्छ!   तर,भेन्टिलेटरमा पुगेका  माओवादी केन्द्र र माधव नेपालको झूण्डलाई चितवनको भरतपुरमा प्रचण्ड पुत्री रेणू दाहाल ,गोर्खा मा बाबुरामलाई झैं बोकेर काङ्ग्रेसको इतिहासकै यस्तो सहज बेलामा फेरि पनि बोकेर हिड्छ भने त के भन्नू,रामराम मात्र भन्न सकिन्छ  काङ्ग्रेसलाई। साङ्गठनिक र बैचारिक रूपमा ध्वस्त भैसकेको माओवादी केन्द्र ,आन्तरिक बिग्रहले डेरा जमाएको हाम्रो पार्टी नेकपा एमाले र जसपा हुँदा पनि काङ्ग्रेसले गठबन्धनको भाका गाउछ भने हामी मुख्य प्रतिस्पर्धामा रहनेले के भन्नू? किनकि ,हरेक पार्टीभित्रको शुद्धीकरण अहिलेको ज्वलन्त आवश्यकता हो। यसकारण काङ्ग्रेसले अब काङ्ग्रेस भित्रका माओवादी वा प्रचण्डको गीत र एजेन्डा बोक्ने काङ्ग्रेस ठेगान लगाएर ,एक्लै उभिदै शुद्द एमालेसित प्रतिस्पर्धामा उत्रदा हामीलाई पनि आनन्दै हुन्थ्यो,बिजेता वा उपविजेता जे भएपनि । कमरेड ओलीले नेतृत्व गरेको एमालेसित एक्लै भिड्न सकिन्न भन्ने पराजित मानसिकता र हीनताबोध अझै पनि काङ्ग्रेससित छ भने आखिर हामीले के भन्नू छ र? नेकपा ले २०१५ सालको आमनिर्वाचनमा जम्मा ४+१ स्थानमा मात्र बिजयी हासिल गरेको थियो त,हाम्रो पार्टीका संस्थापक महासचिव क. पुष्पलाल झिनो मतान्तरले काङ्ग्रेसका निष्ठावान नेता गणेशमानसित पराजित हुनुभएकै थियो ,अझ २००७ सालको क्रान्तिमा कम्युनिस्ट पार्टीका होनहारहरु ब्यक्तिगत रूपमा राणाबिरुद्द लड्नु पर्थ्यो,सङ्गठित रूपमा लड्छौ वा स्वयंसेवकीय भूमिका देउ भन्दा पनि  बिपी काङ्ग्रेस यति अनुदारबादी थियो कि सङ्गठित रूपमा त्यो भूमिकाबाट अलग गराउथ्यो। 

त्यस्तो काङ्ग्रेसको नेतृत्वमा २०३५/३६ साल पछि गणेशमान हावी हुँदा पन्चायत बिरुद्द पन्चायत विरुद्ध संयुक्त आन्दोलन सम्भव भयो तर दलहरू बीचको  अहिलेको अन्तर्बिरोध फरक छ।  माधव नेपालगुट र अरुको राजनीति जोगाउन काङ्ग्रेसले फेरिपनि आफ्नो आहुति दिन्छ ,प्रचण्ड पथ स्वीकार्छ ,लोकतान्त्रिक ब्यवस्थाको सबैभन्दा राम्रो पक्ष अनि आफूलाई कम्फर्टेबल भएको बेलामा भाग्छ भने हामीले के भन्नू छ र?  गर्भाशयमा भएको भ्रूणको अठ्याइअठ्याइ हत्या गर्ने कम्युनिस्ट आन्दोलन भित्रका कुलङ्गारहरुले नयाँ कम्युनिस्ट पार्टी खोली नयाँ पुष्पलाल बन्ने रे! जसले काङ्ग्रेस र राष्ट्रिय काङ्ग्रेसबाट किन्चित मुलुकको सामाजिक -आर्थिक रुपान्तरण हुने किन्चित सम्भावना नदेखी  डा.डिल्लीरमरण रेग्मीले नेतृत्व गरेको सो राष्ट्रिय काङ्ग्रेसबाट बिद्रोह गर्दै कम्युनिस्ट पार्टीको घोषणा पत्रलाई नेपालीमा अनुवाद समेत गरी आफू बाहेक ३+१ जना जम्मा गरी नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरी संस्थापक महासचिव भएर पनि पार्टीको पहिलो ,दोश्रो र तेश्रो राष्ट्रिय महाधिवेशनमा महासचिव हुन दिइएन,बारम्बार अन्तर्घात र अपमान सहदा पनि धैर्यतापूर्वक जनताको मुक्तिकामी आन्दोलन र कम्युनिस्ट पार्टीको सवलीकरणका निमित्त घर-परिवार छोडेर पुष्पलाल जीवनभर लाग्नुभो।

तर,आफूलाई पुष्पलाल र मदन भण्डारीको सच्चा अनुयायी ठान्ने,पार्टी आफैंले मात्र बनाएको हो भन्ने दम्भ र आत्मकेन्द्रीत चिन्तनले ग्रसित भई सिङ्गो नेकपा एमाले र जनताको मुक्तिको आन्दोलनलाई धोका दिने गद्दारहरु इतिहासको कठघरामा निर्मम्तापूर्वक उभिनु पर्नेछ।  डेढ दशक बढी पार्टीको मूल नेतृत्वमा रहदा पार्टीलाई न भाले न पोथीको रूपमा चित्रीत गर्दै तिर्की जूट पार्नेहरुलाई ,रोम जलिरहेको बेलामा ईटालीका सम्राटले बासुरी बजाएर बसे जस्तै गर्नेहरुलाई,आफू बसेको रुखको फेद काट्दा आफू पनि लडिन्छ भन्ने सामान्यज्ञानबाट समेत च्यूत भएकाहरुलाई,घर पोलेर आगो ताप्नेहरुलाई आगामी दिनमा जुनसुकै भेषमा आए पनि नेपाली जनसमुदायले दण्डित गर्नेछन् ,बरु शुद्द नेकपा एमाले निर्वाचन मार्फत प्रतिपक्षमा रहन तयार छ,प्रमुख प्रतिपक्षी हुन तयार छ,उपविजेता हुन राजीखुशी छ तर एमालेको नून खाएर अरुको गीत गाउनेलाई जनताको कठघरामा उभ्याउनै पर्दछ।

तपाईको प्रतिक्रिया