शेयर बजारमा नयाँ रेकर्ड

समाधान संवाददाता २०७८ जेठ १० गते १७:०७

काठमाडौँ

साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

शेयर बजार नेप्से ३.०७ अंकले बढेर २ हजार ८ सय २५.०३ अंकको विन्दुमा कायम भएको छ ।

Advertisement

दिनभरिमा २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

जसमा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Advertisement

आज बैंकिङ, हाइड्रोपावर कम्पनी, निर्जीवन बीमा समूह, म्युचअल फण्ड र इन्भेष्टमेन्ट उपसूचक बढेका छन् ।

तपाईको प्रतिक्रिया