मानव कल्याणका लागि बुद्धका सन्देश अनुकरणीय : प्रदेश प्रमुख

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्व शान्ति र मानव कल्याणका लागि बुद्धका वाणीहरु अनुकरणीय रहेको बताएकी छन् ।
२५६५ औं बुद्ध जयन्तीको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्दै प्रमुख पौडेलले सम्पूर्णको सुख शान्ति र समृद्धिको कामना सहित बुद्धले अंगीकार गरेको शान्ति अहिंसा र मानव कल्याणको मार्ग अनुसरण गर्न सके मानिस दुःखी हुन नपर्ने बताएकी हुन् ।
शुभकामना सन्देशमा नेपाली भूूूमिमा जन्म लिएका गौतमबुद्ध नेपालको मात्रै नभई महामानवको रुपमा विश्वकै प्रेरणाको स्रोत भएको उल्लेख गर्दै बुद्धले देखाएको शान्ति, अहिंसा र मानव कल्याणको मार्गमा सबै लागेर सकारात्मक सोचको विकास गर्नुपर्ने उल्लेख छ ।
‘बुद्धले भन्नुभएको छ, संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन्, आज कोरोना महामारीसँग जुधिरहेका हामी सबैलाई धैर्य गरेर आत्मबल उच्च बनाउने प्रेरणा यी उपदेशले मिल्छ,’ सन्देशमा भनिएको छ ।
प्रदेश प्रमुखले बुधबार नै दिन परेको किराँत राई, याक्खा, सुनुवार र लिम्बु समुदायको प्रमुख पर्व उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि सम्पूर्णमा सुख शान्ति र समृद्धिको कामना गरेकी छन् ।
विश्वमहामारीको रुपमा रहेको कोभिड १९ को संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर धर्म संस्कार संस्कृति र पर्वहरु मनाउन पनि प्रदेश प्रमुखले सन्देशबाट आग्रह गरेकी छन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया