मुख्यमन्त्री र ११ जिल्लाका डिसिएमसीबीच भर्चुअल मिटिङ, चाैबिसै घण्टा सजग हुन निर्देशन

समाधान संवाददाता २०७८ जेठ १२ गते १९:५५

समाधान संवाददाता, पाेखरा ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका ११ वटै जिल्लाका जिल्ला संकट व्यवस्थापन समिति (डिसिएमसी)सँग भर्चुअल बैठक गरेका छन् ।

डिसिएमसी साेही जिल्लाकाे प्रमुख जिल्ला अधिकारीका नेतृत्वमा गठन गरिएकाे छ । स्वास्थ्यमन्त्रीकाे जिम्मेवारीसमेत सम्हालेपछि मुख्यमन्त्रीले डिसिएमसीका प्रमुखसहित सदस्यहरुसँग याे बैठक गरेका हुन् ।

Advertisement

मुख्यमन्त्रीका प्रेस संयाेजक बिक्रम न्याैपानेले बैठकमा मुख्यमन्त्रीले दिएकाे निर्देशनलाई बुँदागत रुपमा उपलब्ध गराएका छन् ।

मुख्यमन्त्री गुरुङले दिएका निर्देशन निम्न छन्–

Advertisement

मास्क लगाउन अनिवार्य गर्नाेस् |

एफएम, पत्रपत्रिका र अनलाइन न्युट साइटहरुबाट जागरण गराउनोस् ।

एम्बुलेस रेगुलेटमा निगरानी राख्नोस् ।

अक्सिजन कमी भए यथाशीघ्र खबर गर्नाेस् ।

विकास र निर्माणलाई प्रोटोकल मेन्टेन गरेर निरन्तरता दिनोस्निजी क्षेत्र र पार्टीहरुको सहयोग लिनोस् ।

खाना खुवाउने कुरामा एकद्वार प्रणाली नै उपयुक्त हुन्छ ।

जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिनुहोस् ।

समाज र मानिसहरु दुखी छन्, आत्तिएका छन्, त्यसैले सरकार छ, सहयोग भइरहेको कुरा विश्वस्त बनाउनु होस् ।

फिल्डमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको खानपिनमा ध्यान पुर्‍याउनु होस् ।

डक्टर र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनु होस, उनीहरुलाई सम्मान गर्ने वातावरण बनाउनु होस् ।

जनतासँग नरम व्यवहार गर्नुहोस् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाबको नमुना प्राप्त भएको २४ घन्टामा पिसिआरका रिपोर्ट उपलब्ध गराइने छ ।

औषधीको स्टकबारे सचेत बन्नुहोस् ।

अस्पतालमा विभिन्न तरिकाबाट हुने ठगी र दलालीलाई निगरानी र नियन्त्रण गर्नुहोस् ।

सम्भावित थर्डवेभको तयारीमा के के गर्नु उपयुक्त हुन्छ ? व्यवस्थित सुझाव डिसिएमसीको तर्फबाट पठाउनुहोस् स्थानीय सरकारसँग व्यापक समन्वय गर्नुहोस् ।

सामान्यतया जनतामा गरिने सेवा प्रवाहमा हेल्थ प्रोटोकल ख्याल गरी निरन्तरता दिनुहोस् ।

यो दुखको बेला जनतासँग नजिकको सम्बन्ध कायम गर्नुहोस् ।

कोभिड १९ को बाहेकका बिरामीको सेवालाई निरन्तरता दिन पनि आवश्यक व्यवस्थापन गर्नुहोस् ।

अब वर्षा लाग्न लाग्यो, बाढी पहिरो लगायत जोखिम नियन्त्रण गर्न लाग्नुपर्छ, यसतर्फ ध्यान दिनुहोस् ।

तपाईं सिडिओ, डिसिएमसीका सदस्यहरुको स्वास्थ्यको ख्याल गर्नुहोला ।

तपाईको प्रतिक्रिया