रुपाताल परियोजनाका लागि थप २७ करोड बजेट बिनियोजन

समाधान संवाददाता २०७८ जेठ १५ गते १७:११


पोखरा, १५ जेठ
कास्कीको रुपा ताल परियोजनाका लागि सरकारले थप २७ करोड रुपैयाँ बिनियोजन गरेको छ । रुपाताल एकीकृत परियोजनाका लागि आगामी आर्थिक वर्षमा २७ करोड रुपैयाँ बिनियोजन गरेको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका छन् ।
रुपाताल एकीकृत विकास परियोजनाका लागि यसअघि नै ४ अर्ब रुपैयाँ बिनियोजन भएर कार्यान्वयन भइरहेको छ ।

विसं २०३२ को नापीमा १३६ हेक्टर क्षेत्रफलमा फैलिएको ताल अहिले १०७ हेक्टरमा खुम्चिएको छ । बाँध बनेपछि १७४ दशमलव ४ हेक्टरमा फैलिनेछ । विसं २०६४ को केन्द्रीय नापी टोलीको तथ्याङ्कअनुसार रूपातालको ८०० रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ ।

त्यस्तै साविक लेखनाथ नगरपालिकाको पछिल्लो प्रतिवेदनमा रुपातालको कूल क्षेत्रफल १६३।९ हेक्टर रहेकोमा जलमग्न भाग १२१।७६ खेती भएको ३३।४३, सीमसार क्षेत्र ८।७५ हेक्टर र गहिराइ औषत ४।८ मिटर छ ।

Advertisement

तपाईको प्रतिक्रिया