विद्युतीय गाडीलाई प्राथमिकता

समाधान संवाददाता २०७८ जेठ १५ गते १७:५१

काठमाडौं । सरकारले बजेटमार्फत विद्युतीय गाडीलाई प्राथमिकता दिएको छ ।

अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०८८ सालसम्म विद्युतीय गाडीको पूर्ण प्रयोग गरिने बताएका हुन् ।

त्यस्तै पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गरेमा ५ प्रतिशत छुट दिइने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया