स्थानीय तह र प्राविधिक शिक्षा
लक्ष्मण तिमिल्सिना
१. परिचय
हिजो–आज नेपालमा प्राविधिक तथा व्यावसायिक तालिमको महत्व बढेको छ ।प्राविधिक शिक्षालेव्यक्तिमा सिप विकास तथा क्षमता अभिवृद्धि मात्र गर्दैन, सिपआर्जन गरेकाव्यक्तिहरुलाई सिर्जनशील बन्नमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । नेपालको संविधानले शिक्षा, रोजगारी तथा श्रम सम्बधी हकलाई मौलिक हक अन्तर्गत राखेको छ। संविधानको अनुसूची ८ मा अधिकारको सूचीमा शिक्षा सम्बन्धी स्थानीय तहको अधिकार राखेको छ ।
त्यसैगरी स्थानीय तहले आफ्ना अधिकारहरुको उपयोग संविधानमै व्यवस्था भएको धारा ५७ को उपधारा (४) मा अनुसूची ८ मा रहेका अधिकारको प्रयोगमा स्थानीय निकायले बनाएको कानुन बमोजिम हुने व्यवस्था, धारा २१४ को उपधारा (२) कार्यकारिणी अधिकारको व्यवस्था, धारा २२१ को उपधारा (२) मा अनुसूची अनुसार व्यवस्था भएका अधिकारको व्यवस्थापकीय अधिकार स्थानीय तहलाईहुने र धारा २२६ को उपधारा (१) बमोजिम विभिन्न अधिकार क्षेत्रमा आवश्यक कानुन बनाउने व्यवस्था गरिएको छ ।
यी हकहरूको सुनिश्चितताका लागि एकातिर व्यापक रूपमा रोजगारीको सिर्जना गर्नुपर्ने हुन्छ भने अर्कातिर आवश्यक दक्ष जनशक्तिको उत्पादन गर्नुपर्ने हुन्छ । समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रतिस्पर्धी, प्रविधिमैत्री रोजगारमूलक र उत्पादनमुखी शिक्षा अपरिहार्य हुन्छ, जसको आधार प्राविधिक र व्यावसायिक शिक्षा बन्न सक्छ ।
मुलुकमा बढ्दो बेरोजगारीका कारण विद्यार्थीहरुको आकर्षणसमेत प्राविधिक शिक्षा तर्फ नै बढेको पाइन्छ । प्राविधिक शिक्षालाई सिप विकासका अलावा रोजगारी प्रबद्र्धनको शिक्षाको रुपमा समेत समाजमा चित्रण गर्ने गरिएको छ ।
वर्तमानका युवा तथा वयस्कहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गरी उत्पादनशील जनशक्तिमा रुपान्तरण गर्दै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु आजको शिक्षाको चुनौती छ । यसै सन्दर्भमा स्थानीय तहहरूलाई प्रदान गरिएको संवैधानिक जिम्मेवारी अनुरूप माध्यमिक तहसम्मको शिक्षालाई व्यवस्थित गर्नुपर्ने दायित्व पोखरा महानगरपालिकाको हो ।
सोही अधिकार र आफना जिम्मेवारीलाई आत्मासाथ गरी जनताप्रति उत्तरदायी भई यस महानगरले समुन्नत समाज, प्राविधिकमैत्री प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि विषेश कदम चालेको छ ।
खासगरी नेपालबाट वर्षेनी ठूलो संख्यामा युवाहरु विदेशिनुपरेको बाध्यता पोखरा महानगरपालिकाले समेत नभोगेको होइन,सिप तथा ज्ञानको अभावमा हजारौं युवाहरु विदेशीभूमिमा कम ज्यालामा निम्नस्तरका र जोखिमयुक्त काम गर्न बाध्य छन् ।
प्राविधिक सिप लिएका व्यक्तिहरु आफैले रोजगारी सिर्जना गर्न सक्ने,अन्य रोजगारीमा काम गर्दासमेत राम्रो आम्दानी गर्न सकिने तथा व्यक्तिलाई सिर्जनशील तथा मेहेनतीसमेत बनाउने भएकाले गर्दा प्राविधिक शिक्षाको महत्व आफैमा व्यापक छ । शिक्षा ज्ञान आर्जनका साथै जीवन निर्वाहको एक सारथिसमेत बन्नु पर्दछ ।
२. पोखरा महानगरपालिकामा प्राविधिक शिक्षाको हालको अवस्था
नेपालमा विसं १९९९ मा प्राविधिक तालिम शिक्षालय (हालको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक) को स्थापना सँगै प्राविधिक तथा व्यवसायिक शिक्षाको औपचारिक सुरुआत भएको थियो । यसपछि विभिन्न आरोह, अवरोह पार गर्दै अघि बढेको प्राविधक तथा व्यावसायिक शिक्षाले विसं २०४५ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापनासँग नयाँ गति एवं व्यापकता प्राप्त ग¥यो । सिटिईभिटीबाट सम्बन्धन प्राप्त गरी सरकारी एवं निजी तवरबाट देशका विभिन्न ठाउँमा विभिन्न खाले प्राविधिक तथा व्यावसायिक शिक्षालय सञ्चालनमा आए ।
यसै क्रममा पोखरा क्षेत्रमा समेत प्राविधिक तथा व्यावसायिक शिक्षालय सञ्चालनमा आउन थाले । यसका अलावा विद्यालय शिक्षाको माध्यमिक तहको कक्षा ९—१२ मा समेत प्राविधिक विषयहरूको अध्यापन हुन थाल्यो । हाल पोखरा मनपाभित्र ५ वटा प्राविधिक धारका साधारण विद्यालयहरू तथा सिटिईभिटीबाट सम्बन्धन प्राप्त सामुदायिक विद्यालयहरु २ वटाछन् । निजी क्षेत्रद्वारा सञ्चालित १० वटा प्राविधिक शिक्षालयहरु सञ्चालित छन् ।
यसका अलावा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नेपालको आंगिक शिक्षालयको रुपमा पोखरा बहुप्राविधिक शिक्षालय सञ्चालित छ । पोखरा महानगरपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नेपालबीच सम्झौता भई हाल गण्डकी बहुप्राविधिक शिक्षालय समेत सञ्चालनमा आएको छ ।
पोखरा क्षेत्रभित्र ३९ वटा निजी तालिम केन्द्र तथा सिप विकास केन्द्रहरु ‘सञ्चालनमा छन्। गण्डकी प्रदेश सरकारको स्वामित्वमा रहने गरी एक सिप विकास केन्द्र सञ्चालनमा छ ।
पोखरा विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजहरु, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज,पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेज,खुला विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु, लुम्बिनी विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेजले समेत प्राविधिक धारमा स्नातक तथा स्नातकोत्तरसम्मको शिक्षा प्रदान गराउँदै आएका छन् ।
३.प्राविधिक शिक्षा विस्तारका प्रमुख समस्या
सुन्दा जति सहज र आवश्यक लागेता पनि प्राविधिक शिक्षा सञ्चालत तथा व्यवस्थापन सहज कामचाहिँ पक्कै पनि होइन । यसका लागि आवश्यक उपकरण औजार व्यवस्थापनको चुनौती त छँदै छ ।
यसका अलावा सञ्चालनका लागि आवश्यक जनशक्तिको सहज उपलब्धता अर्को चुनौती बन्नेछ । अन्य साधारण शिक्षाको तुलनामा प्राविधिक शिक्षा थोरै महँगो पर्न जाने हुँदा सो सम्बन्धमा समेत ख्याल राख्नु उतिकै महत्वपूर्ण बन्नेछ ।
मुलत स्थानीय तहले आफ्नै लगानी तथा व्यवस्थापनमा प्राविधिक शिक्षा सञ्चालन गर्नसम्बन्धन साझेदारीबाट नै अप्ठयारो अवस्थाको सामना गर्नु पर्ने देखिन्छ । आजको समयसम्म पनि प्राविधिक शिक्षा विशेष तथा लक्षित वर्गको पहुँचमा पुग्न नसक्नु दुखद हो ।
हिजो र आज हामीले निरन्तर रुपमाा प्राबिधिक शिक्षाको बारेमा वकालग गर्दै आएको भएता पनि प्राविधिक तथा जिवन उपयोगी शिक्षालाई मुलधारको शिक्षाको रुपमा विकास गर्न सकिरहेका छैनौं । प्राविधिक शिक्षा आत्मनिर्भर बनाउने शिक्षा भएतापनि शिक्षण सिकाई खर्चिलो हुँदा अर्थ व्यवस्थापनमा जटिल भई प्रयोगात्मक शिक्षा अगाडि बढाउन असहज बन्न सक्छ ।
बजारको माग अनुसारको जनशक्ति उत्पादन एवं उपलब्ध नहुनु,जागिरे सोच समाजमा हाबी भएकाले गर्दा प्राविधिक सिप र क्षमता आर्जन गरेर व्यवसायमा संग्लग्न ब्यतिmको सामाजिक सुरक्षाका लागि आवश्यक व्यवस्था नहुनु समेतले प्राविधिक शिक्षाको व्यापकतामा ठेस लाग्न पुगेको देख्न सकिन्छ ।
प्राविधिक क्षेत्रका मान्छेहरुलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसक्नु सामाजिक अवरोधका रुपमा देखा परेको छ । स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन तथा परिचालनको यस अभियानलाई अगाडि बढाउनका लागि दृढ इच्छा शक्ति राख्ने हो यो कामले सहज रुपमा गति लिने विश्वास लिन सकिन्छ ।
४.स्थानीय तहमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनका साझा उद्देश्यहरु
पोखरा महानगरपालिका लगायत स्थानीय तहहरुले आफनो कार्य क्षेत्रभित्र आफ्नै लगानी वा समन्वयमा प्राविधिक शिक्षा प्रदान गरी समृद्ध नेपाल,सुखी नेपालीको नारालाई सार्थक बनाउननागरिकहरुलाई सस्तो तथा सुलभ शुल्कमा जीवन उपयोगी शिक्षा प्रदान गर्ने नीति लिनुपर्दछ ।
स्थानीय तहहरुले आफनो क्षेत्रलाई प्राविधिक शिक्षाको केन्द्र बनाउनुका साथै गाउ तथा नगर क्षेत्रका नागरिकको आर्थिक उन्नयनका लागि दीर्घकालीन लक्ष्य तय गर्नु जरुरी हुन्छ ।स्थानीय तहमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनका साझा उद्देश्यहरुमध्ये केही यस प्रकार हुन सक्नेछन् ।
क) स्थानीय तहभित्र सञ्चालन गर्न सकिने सम्भाव्य प्राविधिक कार्यक्रमहरू र त्यसका लागि आवश्यक भौतिक पूर्वाधारहरू, जनशक्तिको विश्लेषण गरी स्थानिय बजारका आवश्यक जनशक्ति स्थानीय स्तरमैउत्पादन गर्ने ।
ख) गुणस्तरीय तथा जीवन उपयोगीशिक्षा प्रदान गर्न अवलम्बन गर्नुपर्ने कार्यहरू, अनुगमन तथा मूल्यांकन पद्धति एवं सम्भाव्य चुनौतीहरूको विश्लेषण गरी प्राविधिक शिक्षाको माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्ने सम्बन्धमा आवश्यक निति तयार गर्ने । यसका लागि आवश्यकता अनुसार संघ तथा प्रदेश सरकार,विश्वविद्ययालयहरु संघ साझेदारीका लागि आवश्यक कार्य नीति तयार गरी कार्यान्वयन गर्ने ।
ग) स्थानीय बजार र सम्बन्धित प्रतिष्ठानहरूको माग अनुसारका व्यावसायिक विषयहरूको अल्पकालीन एवं मध्यकालीन तालिमहरू सञ्चालन गर्नका लागि आवश्यक रणनीतिक योजना तयार गर्ने । यसका लागि नेपाल सरकारबाट पूर्व निर्धारित पाठ्यक्रम अनुसरण गर्ने साथै आवश्यकता अनुसार स्थानीय माग बमोजिमको पाठ्यक्रम निर्धारण गरी व्यावसायिक तालिम सञ्चालनको अवधारणा बनाउने ।
घ) स्थानीय माग र आवश्यकता अनुसारको विषयहरुलाई स्थानिय पाठ्यक्रममा समावेश गरी अध्ययन सुरुआत गर्ने,आदि
अन्त्यमा ,
नेपाल सरकारको अवधारणा अनुसारएक स्थानीय तह एक प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनका लागि स्थानीय तहहरु लाग्नुपर्ने देखिन्छ । प्राविधिक विषयहरु स्वास्थ्य क्षेत्र, कृषि,पशु,बाली विज्ञान,इन्जिनियरिङ लगायत डिप्लोमा तथा स्नातक तहका कार्यक्रम स्थानीय तहले सञ्चालन गर्न लाग्दा राज्यको ठूलो लगानी परेका सामुदायिक भवनहरुको सही सदुप्रयोग समेत गर्न सकिने र नागरिकहरुले सस्तो सुलभ शुल्कमा अध्ययनको अवसर प्राप्त गर्ने देखिन्छ ।
प्रत्येक वडाहरुमा नमुना विद्यालय निर्माण गरी सबै विद्यालयहरुलाई समयानुकूल प्रविधियुक्त शिक्षण सिकाई सञ्चालन गर्न जोड दिनुका साथै वैज्ञानिक आविष्कार, अनुसन्धान र प्राज्ञिक कार्यमा संलग्न युवा वैज्ञानिकहरू, अनुसन्धाता र प्राज्ञहरूका रचनात्मक कार्यहरूमा आवश्यक सहयोग पु¥याउन समेत यस कार्यले टेवा पु¥याउने विश्वास लिन सकिन्छ ।
आवश्यकता अनुसार स्थानीय तहभित्र प्राविधिक शिक्षालय कार्यक्रम लागु गर्न सामुदायिक विद्यालयहरूमा व्यावहारिक र प्राविधिक शिक्षा लागु गर्न आवश्यक पहल गर्नुका साथै विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई प्राविधिक शिक्षामा अभिप्रेरित गर्न प्राविधिक शिक्षामा सबैको पहुच पु¥याउनका लागि निशुल्क प्राविधिक शिक्षा कार्यक्रम लागु गरेर अध्ययन सकिएपछि तोकिएको अवधिसम्म अनिवार्य इन्र्टनका लागि आवश्यक व्यवस्था गर्ने हो भने यसले समाज रुपान्तरणका लागि समेत सहयोग कोसेढुंगाको काम गर्न सक्नेछ ।
तपाईको प्रतिक्रिया