मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

समाधान संवाददाता २०७८ जेठ १७ गते ७:५१

काठमाडौँ । मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षा भएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ ।

सोही प्रभावले प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले विहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली देशैभर मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भाबना रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया