मुस्ताङका ५ स्थानीय तहलाई ९३ करोड ७२ लाख बजेट

समाधान संवाददाता २०७८ जेठ १८ गते १७:०१

सुन्दरकुमार थकाली \जोमसोम

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङलाई संघीय सरकारले ९३ करोड ७२ लाख बजेट विनियोजन गरेको छ ।सरकारद्धारा शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा मुस्ताङका ५ स्थानीय तहलाई उक्त परिमाणको बजेट विनियोजन गरिएको हो ।

हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहलाई कुल बजेटको चालुतर्फ ७७ करोड र पुजिगततर्फ १६ करोड ४१ लख बजेट विनियोजन गरिएको छ । चालु वर्ष मुस्ताङका ५ स्थानीय तहलाई ८९ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि भने ४ करोड ७२ लाख अर्थात एक दशमलव ३९ प्रतिशत बजेट थपिएको हो ।

Advertisement

अर्थ मन्त्रालयले प्रस्तुत गरेको बजेटमा चालु वर्षको बजेट तुलनामा आर्थिक वर्ष ०७८÷०७९ का लागि मुस्ताङको घरपझोङलाई ८२ लाख कम बजेट प्राप्त भएको छ ।तर, मुस्ताङका अन्य पालिकालाई भने आशिंक बजेट थपिएको छ । जसअन्र्तगत थासाङलाई १ करोड १४ लाख,लोघेकर दामोदरकुण्डलाई ४२ लाख,लोमान्थाङलाई २६ लाख र वारागुङ मुक्तिक्षेत्र गापालाई ३ करोड ७२ लाख बजेट थप गरिएको हो ।

मुस्ताङको ५ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट थासाङ गाउपालिकाले पाएको छ भने सबैभन्दा कम बजेट लोघेकर दामोदरकुण्ड गापाले पाएको छ ।थासाङलाई २१ करोड ९१ लाख र लोघेकर दामोदरकुण्डलाई १४ करोड २१ लख बजेट विनियोजन भएको छ ।यस्तै,घरपझोङलाई २१ करोड ४ लाख,लोमान्थाङलाई १६ करोड ३० लाख र वारागुङ मुक्तिक्षेत्रलाई २० करोड २२ लाख बजेट छुट््याईएको छ ।

Advertisement

अध्यादेश मार्फत सरकारले सार्वजनिक गरेको बजेटमा मुस्ताङलाई समानीकरण अनुदानतर्फ ३४ करोड ९८ लाख ,सशर्त अनुदानतर्फ ४८ करोड ५७ लाख,विशेष अनुदानतर्फ ८ करोड २३ लाख र समपूरक अनुदान १ करोड ९४ लाख विनियोजन गरिएको हो ।जसअन्र्तगत समानीकरणतर्फ घरपझोङ,थासाङ र लोघेकर दमोदरकुण्ड गापाले समान ६ करोड ९९ लाख बजेट पाएका छन् भने लोमान्थाङले ७ करोड ३ लाख र वारागुङ मुक्तिक्षेत्र गापाले ६ करोड ९८ लाख पाएको छ ।

सशर्ततर्फ घरपझोङ ११ करोड ५२ लाख ,थासाङ १३ करोड ५ लाख ,लोघेकर दामोदरकुण्ड ६ करोड ३५ लाख ,लोमान्थाङ ७ करोड ७८ लाख र वारागुङ मुक्तिक्षेत्रले ९ करोड ८७ लाख पाएका छन् । बिशेष अनुदानतर्फ घरपझोङ २ करोड १२ लाख ,थासाङ १ करोड ८७ लाख र लोघेकरले ८७ लाख पाएका छन् ।यस्तै,समपूरकतर्फ घरपझोङले ४५ लाख र लोमान्थाङले १ करोड ४९ लाख पाएका छन् ।

चालु वर्षको बजेट जस्तै आगामी आर्थिक वर्षको बजेटमा पनि थासाङ ,लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रलाई समपुरक बजेट समावेश भएको छैन भने उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिकालाई चालु वर्ष झै विशेष अनुदानमा समावेश गरिएको छैन ।

आर्थिक वर्ष ०७८÷०७९ का लागि बजेट खाका ।

तपाईको प्रतिक्रिया