राजदरबार हत्याकाण्डको २० वर्ष पूरा

समाधान संवाददाता २०७८ जेठ १९ गते ७:४९

काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । २० वर्षअघि २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो ।

सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो ।

उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया