फ्रेन्च ओपनबाट बाहिरिने ओसाकाको घोषणाले हलचल

समाधान संवाददाता २०७८ जेठ २२ गते १२:०७

बिबिसी, काठमाडौं


जापानकी चर्चित टेनिस स्टार नाओमी ओसाकाले जारी रहेको फ्रेन्च ओपन टेनिस प्रतियोगिताका बाँकी खेल नखेल्ने घोषणा गरेपछि टेनिस जगतमा हलचल मच्चिएको छ । शारीरिक चोटका कारण उनले खेल नखेल्ने घोषणा गरेकी होइनन् । फ्रेन्च ओपन टेनिसका आयोजकबाट हालै १५ हजार डलर जरिवाना सुनाइएकी ओसाका प्रतियोगिताबाट बाहिरिने घोषणा अहिले विश्वव्यापी चर्चामा छ ।


मानसिक स्वास्थ्यको कारण देखाउँदै उनले हालै एउटा खेलपछि पत्रकारसँग कुरा गर्न अस्वीकार गरेकी थिइन् । त्यही कारण आयोजकले ओसाकालाई यही घटनाका कारण १५ हजार डलर जरिवाना गर्दै आगामी दिनमा पत्रकारसँग बोल्न अस्वीकार गरे प्रतियोगिताबाटै निस्कासित गर्ने चेतावनी दिएको थियो । तर उनी स्वयंले प्रतियोगिताबाट बाहिरिने घोषणा गरिन् ।

Advertisement


तर त्यसको अर्कोदिन मंगलबार नै ओसाकाले आफैं प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका हुन् ।
उनले ट्विटरमा भनेकी छिन्, ‘सन् २०१८ मा पहिलो ग्रान्ड स्लाम जितेपछि नै मैले डिप्रेसनको सामना गरिरहेको छु ।’ २३ वर्षकी उनले गतहप्ता मात्र आफ्नो मानसिक अवस्था ठिक नभएकाले खेलपछि यसपटक कुनै पत्रकार सम्मेलनमा भाग नलिने बताएकी थिइन् ।


आइतबार ओसाका रोमानियाकी पेट्रिसिया मारिया टिगसँग पराजित भएकी थिइन् । सो खेलपछि पत्रकारसँग नबोलेकी उनलाई आयोजकले सोमबार १५ हजार डलर जरिवाना गरेको थियो भने प्रतियोगिताबाट निकाल्ने चेतावनी दिएको थियो ।

Advertisement


तर यतिबेला ओसाका आफैंले प्रतियोगिताबाट बाहिरिएको घोषणा गरेकी छिन् । उनले केही समय आफूले कोर्ट बाहिर बिताउने बताएकी छिन् । हाल ओसाकाका फ्यानहरुले ओसाकाको भनाइलाई गम्भीर रुपमा नलिएर आयोजकले गल्ती गरेको भन्दै फ्रेन्च ओपनको आलोचना गरिरहेका छन् । ओसाका फ्रेन्च ओपनको दाबेदार खेलाडी थिइन् । तर उनी खेल जारी रहँदै बाहिरिएपछि उनका समर्थक दुःखी बनेका छन् ।

तपाईको प्रतिक्रिया