माधव पक्षद्वारा एकता प्रस्ताव अस्वीकार

समाधान संवाददाता २०७८ जेठ २४ गते १५:४९

काठमाडौँ । नेकपा एमाले बिद्रोही पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ।

ओलीले सारेको ६ बुँदे एकता प्रस्ताव पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय यो पक्षको सोमबारको स्थायी कमिटी बैठकले गरेको हो।

बैठकमा सामेल स्थायी कमिटी सदस्य बेदुराम भुसालले ओलीले फेरि पनि जालझेलपूर्ण कुरा गरेकाले उनको प्रस्ताव नमान्ने निर्णय आफूहरुले गरेको बताए।

Advertisement

तपाईको प्रतिक्रिया