एमाले नेपाल समूहको मतले जोगिए माओवादीका मुख्यमन्त्री भट्ट

समाधान संवाददाता २०७८ जेठ २५ गते १२:४६

नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनार समूहका सांसदको मतले स सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको मुख्यमन्त्री पद जोगिएको छ । नेकपा एमाले विभाजन हुँदाको फाइदा उठाउँदै ३० मत ल्याएर मुख्यमन्त्रीमा भट्ट कायमै रहेका छन् ।

५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए । उनलाई बहुमत सिद्ध गर्नका लागि २७ मत आवश्यक पर्थ्यो । एमालेको खनाल–नेपाल समूहले भोट दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् । मतदानमा ५१ जना सांसद नै उपस्थित रहेका थिए ।

Advertisement

मुख्यमन्त्रीको विपक्षमा ९ मत खसेको थियो । एमाले ओली समूहका ७ जना र जनता समाजवादीका २ सांसदले विपक्षमा मत हालेका हुन् ।

एमाले ओली पक्षका पठानसिंह बाेहरा, नेपालु चाैधरी, लिलाधर भट्ट, माया तामाङ,ग्याल्बु बाेहरा,रतन थापा, वलदेव रेग्गी र जसपाका कृष्ण चाैधरी र मालामति रानाले विपक्षमा मतदान गरे ।

Advertisement

कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । कांग्रेसले भने नो भोटको नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।

माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।

तपाईको प्रतिक्रिया