आफ्नै सांसदमा अविश्वास, होटलमा थुनिए सांसद

समाधान संवाददाता २०७८ जेठ २८ गते २२:०२

समाधान संवाददाता, पोखरा

आफ्नै सांसदमाथि अविश्वास गर्दै विपक्षी गठबन्धनले आफ्ना सांसदलाई होटलमा राखेको छ । सरकार गठनका लािग आवश्यक ३१ हस्ताक्षर बुझाइसकेपनि अविश्वास गर्दै आफ्नै सांसदलाई पोखराको सांग्रिला होटलमा राखिएको हो ।

महंगो शुल्क तिरेर होटलमा राखिएको बुभिएको छ । यसअघि पनि अविश्वास प्रस्तावमा मतदान हुने दिनअघि सांसदहरुलाई होटलमा राखिएको थियो ।

Advertisement

पटकपटक आफ्नै सांसदलाई अविश्वास गर्ने विपक्षी दलले मुख्यमन्त्रीलाई विश्वासको मत अपुग बनाएर सरकार ढालिसकेको छ ।

राजनीकि विश्लेषक यसलाई राजनीतिको कुरुप परिदृश्य बताउँछन् । ‘आफ्नै सांसदलाई बाख्रा थुने जस्तो होटलमा राख्नुले उनीहरुको राजनीतिक संस्कार देखाउँछ,’ उनले भने ।

Advertisement

विपक्षी गठबन्धनले स्रोतका अनुसार आफू निकटका पत्रकार, व्यापारी राखेर ‘पार्टी’ गरेका छन् । प्रदेश प्रमुखकहाँ बहुमत दाबी गरेर हस्ताक्षर बुझाएपछि उनीहरु सिधै होटल लागेका थिए ।

तपाईको प्रतिक्रिया