कास्कीका कुमार खड्का पनि मन्त्री

समाधान संवाददाता २०७८ जेठ २९ गते २०:१२

कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको सपथ लिँदै गर्दा कास्कीका सांसद कुमार खड्कालाई पनि मन्त्रीको सपथ गराउने भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग उनीहरुले सपथ लिँदैछन् ।

दीपक मनाङे, माओवादी सांसद मधुमाया अधिकारी गुरुङ र जसपाका हरिशरण आचार्यलाई पनि पोखरेलले मन्त्री बनाउँदै छन् । तर जसपाकी अर्की सांसद धनमाया लामा पोखरेलले दुवैजना साथसाथै सरकारमा नगए आफूलाई मान्य नहुने बताएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया