सरकार बनाउन अनैतिक सम्झाैता, अब नैतिक संकट

समाधान संवाददाता २०७८ असार ६ गते ८:४७

समाधान संवाददाता, पाेखरा ।

इमान्दार र निष्ठा भएका नेताकाे रुपमा पहिचान भएका गण्डकि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेल र जनता समाजवादी पार्टीबीच सरकार बनाउनका लागि अनैतिक सम्झाैता भएकाे लिखित सहमति पत्र सार्बजनिक भएकाे छ ।

सत्ताकाे चाबी हातमा लिएकाे जनता समाजवादी पार्टीले विश्वासकाे मत दिनु अघि लज्जाजनक बार्गेनिङ गरेपछि मुख्यमन्त्री पाेखरेल एक्लैले प्रदेशकाे एैन नै संशाेधन गर्ने गरी सम्झाैता गरेका छन् । सम्झाैताकाे पहिलाे बुँदा त उनकाे क्षमता भन्दा बाहिरकाे छ ।

Advertisement

एमाले नेतृत्वकाे सरकार हटाउन कांग्रेस, माओवादी, जसपा, जनमाेर्चा र स्वतन्त्रकाे गठबन्धन बनेकाे थियाे । उनीहरुबीच हरेक कुरा सहमति र सहकार्यमा गर्ने अनाैपचारिक सहमति पनि भएकाे थियाे । तर जिम्मेबारी वाँडफाडमा जसपाले अडङ्गाे थापे पछि यी दुई दलले एक्लै सम्झाैता गरेका हुन् ।

लिखित सम्झाैता नभइकन विश्वासकाे पक्षमा मत नदिने अडान जसपाले लिएकाे थियाे । मुख्यमन्त्री नियुक्त हुने दिन नै जसपाबाट हरिशरण आचार्य मन्त्री बनेपछि अर्की सांसद धनमाया लामाले असन्तुष्टि व्यक्त गर्दै सरकार नटिक्ने चेतावनी दिएकी थिइन । जसपा अनुपस्थित भएमात्र पनि पाेखरेल सरकारले विश्वासकाे मत पाउने सम्भावना थिएन ।

Advertisement

त्यसैले विश्वासकाे मत पाउने अघिल्दाे दिन मुख्यमन्त्री पाेखरेलले बाध्य भएर जसपासँग एक्लै सम्झाैता गरेकाे कांग्रेसका एक सांसादले समाधानलाई बताए । त्याे सम्झाैताकाे दाेश्राे बुँदामा जसपालाई अर्थ मन्त्रालयसहित २ वटा मन्त्रालय दिने कुरा उल्लेख छ । याे सहमतिका बारेमा गठबन्धनकाे दाेश्राे ठुलाे दल माओवादी केन्द्र समेत बेखर छ ।

पहिलाे बुँदामा प्रदेश सभामा दलीय मान्यता पाउनका लागि बनाइएकाे थ्रेसहाेल्ड हटाउने कुरा उल्खेछ ।

दाेश्राे बुँदामा सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने कुरा छ । उक्ता संयन्त्रमा गठबन्धनका सबै दलबाट २–२ जना सदस्य रहने र यसैकाे निर्देशनमा व्यवस्थित रुपमा सरकार सञ्चालन गर्ने कुरा छ ।

तेश्राे बुँदामा सत्ता सहकार्यकाे कुरा छ । गण्डकी प्रदेश सभामा २ सदस्यमात्र रहेकाे जसपाकाे दुवै जनालाई मन्त्री बनाउने गरी मुख्यमन्त्री पाेखरेल र जसपाका संसदीय दलका नेता आचार्यले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । त्यसमा पनि अर्थ मन्त्रालय सहित २ वटा मन्त्रालय दिने स्पष्ट उल्लेख गरिएकाे छ ।

चाैथाे बुँदमा प्रदेश सरकारबाट हुने राजनैतिक नियुक्तिमा पनि भागबण्डा गरेरै गर्ने सहमति कायम गरिएकाे छ । याे बुँदमा गठबन्धनकाे भावनालाई सम्बाेधन हुने गरी राजनैतिक नियुक्ति गरिने सम्झाैता गरिएकाे छ ।

यही सम्झाैता भएपछि जसपाले मुख्यमन्त्री पाेखरेललाई विश्वासकाे मत दिएकाे छ ।

अहिले यही सम्झाैता अनुसार चल्न मुख्यमन्त्री पाेखरेललाई अप्ठेराे परेकाे छ । अर्थमन्त्रालय नपाए सरकारमा नजाने अडानमा जसपाका आचार्या छन् भने अर्थमन्त्रालय र भाैतिक याेजना मन्त्रालय साना दललाई दिन नसकिने अडानमा कांग्रेस र माओवादी केन्द्र छन् ।

मा‌ओवादी केन्द्रले दाेश्राे ठुलाे दलकाे हैसियतले अर्थमन्त्रालय वा भाैतिक याेजना मन्त्रालय मध्ये १ नछाेड्ने अडान लिएकाे छ । अर्थमन्त्रालयकाे जिम्मेवारी अनाैपचारिक रुपमा कांग्रेसका कुमार खड्काले पाइसकेका छन् । यस्ताे अवस्थामा मुख्यमन्त्री पाेखरेल नैतिक संकटमा परेका छन् ।

पाेखरेल र आचार्यबीच भएकाे सम्झाैता पत्र

तपाईको प्रतिक्रिया