मुख्यमन्त्रीलाई एमाले संसदीय दलले बुझायो ज्ञापन पत्र

समाधान संवाददाता २०७८ असार १३ गते १२:१२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार मुख्यमन्त्री कार्यालयमा पुगेर दलले ६ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

बजेटमाथिको छलफलमा ढिलाइ भएकाले तत्काल सदन बोलाइ बजेटमाथिको छलफल हुनुपर्ने पत्रमा उल्लेख छ । बहुवर्षीय योजनाहरुलाई निरन्तरता दिन तथा बाढी पहिरोबाट क्षति भएका घरधनीलाई राहत माग गर्दै ज्ञापनपत्र बुझाइएको एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

Advertisement

सरकारले कोभिड खोप उपलब्ध गराउने भनेपनि अहिलेसम्म खोपको व्यवस्थापन नभएको भन्दै खोपको व्यवस्था गर्न एमालेको माग छ । विपन्न वर्ग, मजदुर, पर्यटन व्यवसायीमा ठूलो नोक्सान परेकाले राहत र सहुलियत व्यवस्था गर्न पनि माग गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया