भक्ति थापा विभूति घोषित

समाधान संवाददाता २०७८ असार १७ गते ८:५६

काठमाडौँ । नेपाल–अंग्रेज मलाऊँ देउथल युद्ध’मा लड्दा–लड्दै ७३ वर्षको उमेरमा वीरगति प्राप्त ‘सरदार भक्ति थापा’ नेपालको राष्ट्रिय विभूति घोषित भएका छन् । गृह मन्त्रालयको सिफारिशमा असार १४ को मन्त्रिपरिषद् बैठकलले ‘नेपालको राष्ट्रिय विभूति’ घोषणा गर्ने निर्णय लिएको हो ।

प्रतिद्वन्द्वी अंग्रेजले ‘वीर योद्धा’ स्वीकारेका थापालाई ‘राष्ट्रिय विभूति’को सूचीमा छुटाइएको थियो । वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले २०७८ बैशाख ६ मा ‘२०६ औं देउथल युद्ध तथा वीर भक्ति थापा स्मृति दिवस’ मनाउँदै गर्दा ‘राष्ट्रिय विभूति’ घोषित गर्नुपर्ने माग राखेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया