बिहानैबाट भारी वर्षा, कस्तो रहन्छ दिनभर मौसम ?
समाधान संवाददाता
२०७८ असार १७ गते ९:५९

काठमाडौँ – देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार रातिदेखि नै देशका विभिन्न क्षेत्रमा लगातार पानी परिरहेको छ । जसका कारण विभिन्न क्षेत्रका नदीमा पानीको बहाव बढ्ने क्रममा छ ।
देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले मौसम प्रभावित भएको हो । अहिले तराई भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि झरी परेको हो ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भइरहेको छ। बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया