गण्डकीमा माओवादीबाट यी ३ जना मन्त्री बन्ने पक्का

समाधान संवाददाता २०७८ साउन ७ गते २०:१०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारको साझेदार दल माओवादी केन्द्रले थप मन्त्री बनाउन आफ्नो पार्टीबाट ३ जनाको नाम सिफारिस गरेको छ ।

कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङ चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो । यसअघि माओवादीबाट लमजुङकी मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् ।

Advertisement

सिफारिस गरिएका ३ जनालाई मन्त्रालयको भागबन्डा भने टुंगो लागेको छैन । त्यसैले मुख्यमन्त्रीले बिहीबार उनीहरुलाई मन्त्री नियुक्त गर्न सकेनन् । कांग्रेसले मुख्यमन्त्री पाइसकेको हुँदा माओवादीले आफूलाई भौतिक मन्त्रालय चाहिने बताएको छ । तर कांग्रेसले माओवादीलाई अर्थ लगायत मन्त्रालय लिन भनेको छ । यही विषयमा कुरा मिलेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया