लामाचौर—माछापुच्छे« सडकमा कन्तबिजोग

सञ्जय रानाभाट २०७८ साउन १० गते ११:५२

एक वर्षमै पहिरोले पु¥यो ४० लाख
(माछापुच्छ«े गाउँपालिकाका धेरै गाउँ पुग्न हेमजा वा घार्मी हुँदै जानुपर्दा निकै फेरो परेको छ)

सञ्जय रानाभाट
पोखरा
– भुनपुरेका ईश्वरी परियारलाई असारे खेती थन्काउन निकै गाह्रो भयो । पोखरा महानगरपालिका १९ को भुनपुरेमा एन्जल स्कुलनजिकै उनले घर छ । घरदेखि २० मिनेट टाढा पर्ने चितेपानीमा उनले खेती गर्दै आएका छन् । चैतमा लगाएको मैक थन्क्याउन उनलाई धेरै गाह्रो भयो । चितेपानीमा रहेको खेततिर जाने बाटो असार १ गते आएको पहिरोले बाटो भत्किएको छ । पहिरो नपन्छाउँदा उनलाई यो वर्षको बाली थन्काउन धेरै गाह्रो भएका हो । १ महिना भयो, अझै बाटो खुल्न सकेको छैन ।
‘असारमा धान रोप्न जाँदा जंगल हुँदै कुलोको बाटो गएँ । औंलाबिसाउनेबाट घुमेर जाऊँ भने जाँदा धेरै समय लाग्छ,’ उनले भने, ‘माथिबाट ढुंगाले लाग्ने पो कि भनेर डराइडराई पहिरोमुनि जंगलबाट आउनेजाने गर्छु । बर्खामा धान रोप्न पनि धेरै गाह्रो भयो ।’
पानी आउँदा अहिले पनि माथिबाट पहिरो खस्ने डरले खेतसम्म नपुगेको परियारले बताए । भन्छन्, ‘हामीले मात्र हैन उता खेत हुने सबैले दुख पाएका छन् । उता घर हुनेहरु घुमेर आफ्नो घर जाँदा धेरै गाह्रो भएको छ । दिनदिनै पानि आउँछ । कोही आएर बाटो खोल्न पहल गरेका छैनन् ।
पोखरा महानगरपालिका १९ भुनपुरेमा एन्जल स्कुलभन्दा १०० मिटरमाथि ठूूलो पहिरो गएको छ । माछापुच्छ«े गाउँपालिका धेरै गाउँलाई लामाचौर—माछापुच्छ«े सडकले पोखरासँग जोड्छ । तर लामाचौरको बेसिचोकमा गएको पहिराले धेरैलाई सास्ती दिएको छ । पोखरासँग जड्ने पुरन्चौर, चितेपानी, भुर्जुङखोला, तातोपानी, तल्लोकोट, काउरे लगायत ठाउँ जोड्ने सडकमा आउजाउ कठिन भएको त्यही असार १ गतेदेखि हो ।
अर्चलबोट घर भएका विशाल भुजेल दिउँसो दाइले किनेको जग्गा हेर्न पुरन्चौर हिँड्छन् तर बीच बाटोमा अलपत्र पर्छन् । उनी गन्तव्यमा पुग्न सकेन् । भन्छन्, ‘बाटो बिग्रिएको थाहा थिएन । जग्गा कस्तो रैछ भनेर हेर्न हिँडेको, बीच बाटोमै अलपत्र परे । अब घर फर्किन्छु ।’
पूर्वशिक्षक तथा पुरन्चौरका स्थानीय दीपक पौडेल भन्छन्, ‘पोहोर साल असार २८ मा पनि पहिरो गएर बाटो अवरुद्ध भयो, अहिले पनि असार १ गतेदेखि बाटो अवरुद्ध छ । पहिरोले बाटो अवरुद्ध भएपछि सार्दीखोला माछापुच्छ«ेका बासिन्दालाई एक डेढ घण्टाको फरक पर्छ ।’ पोखरा जाँदा अरु विकल्प नभएर मिलनचोक हेमजा हुँदै जानुपर्ने बाध्यता भएको पौडेलले बताए । बेसीचोकको पहिरोले बाटो थुनेपछि हेमजा वा घार्मी हुँदै आउजाउ गर्दा निकै फेरो पर्ने उनी सुनाउँछन् ।
‘गत साल पनि राज्यको सम्पतिको दोहन भयो । ठेकेदारले राम्रो काम गरेन । ४५० ग्याबिन लगाइनुपर्नेमा थोरै ग्याबिन लगाइयो,’ उनले भने, ‘सपोर्टवाल बनाइयो, ग्याबिन कहाँ छ थाहा छैन । कुनै अध्ययन अनुसन्धान विना जेसिभी लगाएर पहाड काटियो, अहिले फेरि पहिरो गयो ।’
ठेकेदार कम्पनीबाट हेलचक्र्याइँ गरेर कमसल सामानहरुको प्रयोग हुँदा सडकमा फेरि पहिरो गएको पूर्वशिक्षक पौडेलले सुनाए । भन्छन्, ‘पाल्पाको ठेक्ददारले ठेक्का पाएको हो । खर्च गर्नुपर्ने रकम पनि गरेन । पेटी ठेकेदार लगायो, पेटी ठेकेदारले फेरि अर्को पेटी लगायो, काम राम्रो गरेन ।’ पाल्पा ठेगाना भएको ठेकेदारको पुष्पाञ्जली कन्स्ट्रक्सनले उक्त सडकको पहिरो हटाएर पोहोर साल मर्मत गरेको थियो । पूर्वाधार विकास कार्यालय कास्कीका सिनियर डिभिजनल इन्जिनियर दिनेश घिमिरेका अनुसार आपतकालीन मर्मत गरिएको थियो । ठेकेदारसँग ५९ लाखको सम्झौता भएको थियो । तर उनकै भनाइमा ४० लाखको मात्रै काम हुन सकेको थियो । घिमिरेले ठेकेदारले काम ढिला गरेको हुँदा कारबाही स्वरुप ३ लाख जरिवाना पनि लगाउनुपरेको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर १९ मा कार्यरत इन्जिनियर गोविन्द आचार्य यो वर्ष फेरि उक्त सडक मर्मतका लागि महानगरपालिकामा ताकेता गरिएको बताउँछन् । ‘स्टिमेट गरीवरि पठाइएको छ, सम्भवत छिटै फेरि मर्मत हुन्छ,’ उनले भने ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया