गण्डकीसहित ३ प्रदेश प्रमुख हटाउँदै देउवा सरकार

समाधान संवाददाता २०७८ साउन १२ गते १२:५८


समाधान संवाददाता, काठमाडौं


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले गण्डकी प्रदेश, प्रदेश २ र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको छ । उनीहरूलाई हटाइने देउवा निकट एक नेताले जानकारी दिएका छन् ।


ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादवलाई नियुक्त गरेकी थिइन् । उनीहरुलाई मंगलबारै हटाउने तयारीमा देउवा सरकार रहेको कांग्रेस स्रोत बताउँछ । स्रोत भन्छ, कि आजै नभए एक दुई दिनमै हटाउने तयारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया