प्रदेश प्रमुख गुरुङको सपथ आज साँझ

समाधान संवाददाता २०७८ साउन १३ गते १६:३३

समाधान संवाददाता, पोखरा

गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुखको सपथ बुधबार साँझ ६ बजे हुने भएको छ ।
साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा दुवै प्रदेश प्रमुखको शपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी थिइन् ।


पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादवलाई हटाएर सत्ता गठबन्धन दलको सिफारिस अनुसार गुरुङ र शेरचनलाई नियुक्त गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया