कोभिडसिल्ड लगाएकालाई दोस्रो डोज जापानी खाेप

समाधान संवाददाता २०७८ साउन २४ गते ११:३०

समाधान संवाददाता

पोखरा-जापान सरकारले दिएको एस्ट्राजेनेका खोप साउन २५ गतेदेखि कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो मात्राको रुपमा लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिसिल्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका उपलब्ध गराउने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि भेरोसेल खोप लगाइएका केन्द्रबाटै एस्ट्राजेनेका खोप वितरण गरिनेछ ।


कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई सरकारले साउन २५ गतेदेखि एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिसिल्ड खोप लगाएकालाई एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको हो ।

Advertisement


यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने छ । यो खोपको प्राथमिकताको सूचीमा ६५ वर्षमाथिका कोभिसिल्डको पहिलो डोज लगाएका नागरिकहरु छन् । यसअघि भारतको सेरम इन्टिच्युट अफ इन्डियाले १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध नगराउँदा नेपालमा पहिलो डोज लगाएको दोस्रो डोज खोप लगाउन नपाएका हुन् ।


सरकारले सुरुमा एस्ट्रोजेनेका खोप काठमाडौंमा लगाउन सुरु गर्दैछ । पोखरामा भने चिनिया खोप भेरोसिल लगाएकाहरुलाई दोस्रो डोज खोप २५, २६ र २७ गते लगाइँदैछ । त्यसका लागि पोखरा महानगरपालिकाले २३ खोप केन्द्र तोकेको छ ।

Advertisement


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिसिल्डको दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतबाट खरिदको खोप उपलब्ध नभएपछि उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ४३ लाख ५९ भन्दा बढीले पहिलो मात्रा र २१ लाख ३० हजार भन्दा बढीले पूर्ण खोप पाइसकेका छन् ।
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये शनिबार पहिलो खेप काठमाडौं आइपुगेको छ । कतार एयरको विमानबाट खोप ल्याइएको हो । पहिलो खेपमा शनिबार पाँच लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको छ । आइतबार थप ५ लाख डोज खोप आउने छ ।


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबारसमेत गरी ८ लाख डोज खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको खोप पनि अर्को साता नेपाल आउने सम्भावना छ । भुटानबाट पनि शुक्रबार २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ । यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई लगाइने बताइएको छ ।

सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप साढे १३ लाख ज्येष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकिएको छ ।


दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारत खरिदको खोप उपलब्ध नगराउँदा उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ । सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको हो ।


उता, पछिल्लो २४ घण्टामा ३ हजार २१८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ८६६ पिसिआर र ४ हजार ७०७ जनाको एन्टिजेन परीक्षणका गर्दा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ । उक्त अवधिमा १९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।


हाल ३२ हजार २७ जना होम आइसोलेसन र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा छन् । ४४३ जना क्वारेन्टाइन, ७४६ जना आइसियु र १६९ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा ५ जना संक्रतिको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया