‘अरु फुक्काफाल हामीलाई मात्र निषेधाज्ञा ?’

सञ्जय रानाभाट २०७८ साउन ३१ गते १२:३५

सञ्जय रानाभाट
पोखरा
– वैशाख १५ गते सुरु भएको दोस्रोपटकको लकडाउन कास्कीमा अझै जारी छ । कडा भनिएको लकडाउन हटाएर स्मार्ट लकडाउन लगाइएको छ । बजारको भिडभाड दिनहुँ बढ्दो छ । खोप केन्द्रहरुमा मानिस ठेलमठेल भेटिन्छन् ।

प्रशासनको लकडाउन केही व्यवसायका लागि मात्र लगाइएको भान हुन्छ । अन्य क्षेत्र खुलिसक्दा सिनेमा हल, पार्टी प्यालेस, र दोहोरी साँझ जस्ता व्यवसाय पनि ठप्प छन् ।
सरकारले दोस्रो लहरअघि सिनेमा हलमा ५० प्रतिशत दर्शक राखेर सञ्चालन गर्न

अनुमति दिएको थियो । कोभिडको त्रासका कारण दर्शकहरु सिनेमा हलसम्म पुगेनन् । पार्टी प्यालेसहरु भने वर्षभरि नै बन्द रहे । दोहोरी साँझहरु पनि खुल्न सकेका छैनन् । प्रशासनले लगाएको अहिलेको स्मार्ट लकडाउनमा पनि बन्द रहेका यी व्यवसायमा संलग्न भएकाहरु भने अब पलायन हुने संघारमा छन् ।

Advertisement


व्यवसाय सञ्चालन नहँुदा बैंकको कर्जा र घरभाडाले आफूहरुको ढाड सेकेको साइमन पार्टी प्यालेसका सञ्चालक दीपक तिमिल्सिना बताउँछन् । लगातारको लकडाउनले आफूहरु मर्कामा परेको र अरु क्षेत्र खुलेको देख्दा आफूहरुमाथि सौतेनी व्यवहार महसुस भएको उनको दुखेसो छ । ‘कोभिड खोप दिने ठाउँमा मानिसहरु धकेलाधकेल गर्दै लडेर भित्र छिर्न दिन्नन् ।

स्वाथ्य केन्द्रमै सुरक्षा छैन सामाजिक दुरी पालना भएको देखिँदैन,’ उनी थप्छन्, ‘हामी स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्छौं भन्दा पनि दिइएको छैन ।’
सरकारले पार्टी प्यालेस व्यवसाय नै नभएको जस्तो व्यवहार गरेको अनुभव तिमिल्सिनाले सुनाए । सरकारका कार्यक्रमहरुमा ५०–६० जना जम्मा गरेर सञ्चालन भएपनि पार्टी प्यालेस खोल्न नदिइएको उनको आरोप छ । ‘उनीहरु त्यतिका धेरै भएर कार्यक्रम गर्छन् ।

Advertisement

हामी मर्कामा प¥र्यौं घरभाडा र बिजुलीमा आधा छुट दिनुहोस् भनेर ज्ञापन पत्र दिएपनि हेरेनन्,’ उनको माग छ,‘ कि समस्या समाधान गरिदिनुप¥यो, होइन भने व्यापार गर्न दिनुप¥यो । अरु फुक्काफाल हामीलाई मात्र निषेधाज्ञा ?’


सभागृहचोकको मिडटाउन हलका प्रबन्ध निर्देशक निकेश द्वा दोस्रो लकडाउनपछि सिनेमा हलहरुको अवस्था परिकल्पना नै गर्न नसकिने गरी थला परेको सुनाउँछन् । पहिलो लकडाउन जेनतेन कटाएपनि दोस्रो लकडाउनले आफूहरुलाई थला पारेको उनको भनाइ छ ।

पहिलो लकडाउनताका व्याजदर केही घटाए पनि अहिले सरकारले सहुलियत, ब्याजदरमा छुट नदिएकाले जटिल अवस्था आएको उनले बताए । ‘पहिलाको लकडाउनमा केही हदसम्म भएपनि व्याजदरमा समय सीमा बढाइदिएको थियो । तर, यो लकडाउनमा त्यस्तो केही सहुलियत पाइएन, जटिल अवस्थामा पु¥यौें,’ उनले भने । पोखरामा चलचित्र क्षेत्रले उचाइसमातेका बेला कोरोनाले तहसनहस बनाएको उनी सुनाउँछन् ।


खोप केन्द्रमा दिनहुँ हजारभन्दा बढी मानिस जम्मा भएपनि ३÷४ सय जना दैनिक फिल्म हेर्ने हल बन्द भएकोमा उनको आपत्ति छ । ‘हलमा दैनिक ३ सय ५ सय जना एउटा मानिस एउटा फिल्म हेर्न आउँथे । खोप केन्द्रमा त दिनहुँ हजारभन्दा बढी भेला हुन्छन् त, हामीलाई पनि खोप लगाएर व्यवसाय सञ्चालन गर्न दिनुप¥यो,’ उनले भने ।

सामान्य बेलामा पनि मिडटाउनमा दैनिक १ सय देखि ४ सयसम्मका टिकट बिक्री हुने गरेको बताउँछन् । सरकारले आफूहरुलाई सहुलियत दिने खालका कार्यक्रम ल्याउनुपर्ने उनको माग छ । अहिले आफूहरुका कर्मचारीलाई ५० प्रतिशत तलब दिएर राख्नुपरेको उनले बताए ।


मौद्रिक नीतिमा के छ ?
सरकारले शुक्रबार ल्याएको मौद्रिक नीतिमा कोभिड १९ महामारीबाट संकटग्रस्त उद्योग, पर्यटन, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगको पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ । यस्तै पुनर्कर्जाको व्यवस्थालाई निरन्तरता दिँदै अधिकतम सीमा नघट्ने गरी पुनर्कर्जा सुविधा उपलब्ध गराइने मौद्रिक नीतिमा जनाइएको छ । कोभिडबाट नकारात्मक असर परेका ऋणीहरुलाई बैंकले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।


कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेस्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिकयातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्नेसाँवा तथा ब्याज दायित्वको समयावधि १ वर्षसम्म थप गरी कम्तिमा चार किस्तामाभुक्तानी गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरी २०७८ पुस मसान्तसम्ममा पुनरसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया