पोखरामा युवा संघको प्रदर्शन, प्रहरीसँग मुठभेड (फाेटाे फिचर सहित‌‍)

समाधान संवाददाता २०७८ भदौ २ गते १७:४५

समाधान संवाददाता
पोखरा
– दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा एमाले निकट युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले पोखरामा बुधबार विरोध प्रदर्शन गरेको छ । मानवअधिकार चोकबाट सुरु भएको विरोध ¥याली महेन्द्रपुलमा आएर कोण सभामा परिणत भएको थियोे ।


सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोधमा युवा संघले प्रदर्शन गरेको हो । ‘शेरे तेरो पाराले द्ुख पाए साराले’ ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ ‘कम्फर्टेबल सरकार मुर्दाबाद’ लगायत नारा लगाएर युवाहरुले प्रदर्शन गरेका हुन् ।


सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि युवाहरु सडकमा उत्रिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार जारी गरिसकेकी छन् । नेकपा एमाले विभाजन गर्ने उद्धेश्यका साथ देउवा सरकारले अध्यादेश भन्दै युवाहरु विरोधमा उत्रिएका हुन् ।

Advertisement


युवा संघले २४ घण्टामा अध्यादेश फिर्ता गर्न अल्टिमेटम दिएको छ । अध्यादेश फिर्ता नभए सशक्त आन्दोलनमा उत्रिने सभालाई सम्बोधन गर्दै युवा संघ गण्डकी अध्यक्ष महेन्द्र गुरुङले बताए । आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको गुरुङले बताए । सभामा बोल्दै गुरुङले अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ थकेल्ने बताएका छन् ।
अनेरास्ववियू कास्की अध्यक्ष विजय पौडेल परमादेशको सरकारले एमाले फुटाउन ल्याएको अध्यादेशको खाल्डोमा आफंै पर्ने बताएका छन् ।


युवा विद्यार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड भएको थियो । विरोध सभा सकिएपछि सरकारी गाडीमा परिवार ओसारेको सरकारी गाडी नं बा १ झ ५३१ ले कार्यकतालाई ठोक्काउदै सवार गरेको गाडी दुरुपयोग भयो भनेर विरोध गर्दा प्रहरीसँग झडप भएको गुरुङ बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया